ghar sansar

कञ्चनपुरमा यसरी भयो दशैं टिकाको दिन शान्तिपूर्ण

महेन्द्रनगर । कञ्चनपुरमा मंगलबार बिजयादशीका सबैभन्दा ठूलो दशैं टिकाको दिन अप्रिय घट्ना नभएर शान्तिपूर्ण बनेको छ । दशैंमा टिकाका दिन सुख र समृद्धिका लागि मान्यजनबाट टिका र जमरा लगाउने गरिन्छ । मंगलबार छुटेकाले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले दशैं टिकाका दिन शान्तिपूर्ण भएको जानकारी दिए । ‘मंगलबार जिल्लाभर कहीं पनि अप्रिय घट्ना भएको जानकारी आएको छैन, शान्ति रुपमा दशैं मनाइएको छ’ उनले भने ।

lotus institite

जिल्ला प्रहरी कार्यालयले दशैंलाई शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना लागू गरिएको प्रहरी चन्दले बताए । उनका अनुसार प्रहरीको विशेष सुरक्षा योजना अन्र्तगत जिल्लाभर मंगलबार ८ सय बढी प्रहरी परिचालन गरिएका थिए ।

जिल्ला प्रहरी कार्यालयले दशैं टिकाका लागि सुरक्षाका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी माग गरेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदेश प्रहरी कार्यालयका ५० प्रहरी पनि मंगलबार दिनभर सुरक्षामा परिचालन गरिएका छन् ।

प्रदेश प्रहरी कार्यालयका ५० प्रहरी बाहेक अन्य सबै जिल्ला प्रहरी कार्यालय मातहतका परिचालन गरिएका हुन् । दशैं सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मातहतका ७ सय ९२ प्रहरी र प्रदेश प्रहरी कार्यालयले खटाएका ५० प्रहरी दिनभरि परिचालन गरिएका हुन् ।

‘जिल्ला प्रहरी कार्यालयसित ७ सय ९२ प्रहरी छन्, त्यसमा ५० जना थप मगाएर सुरक्षाका लागि खटाएका हौ’ प्रहरी निरीक्षक चन्दले भने,‘जिल्लाभर सादा र बर्दी दुबैमा प्रहरी परिचालन गरिएको हो ।’

जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना अन्र्तगत चाडवाडमा अप्रिय घट्ना हुन सक्ने सम्भावित स्थानमा दशैं अघिदेखि निगरानी बढाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले मातहतका सबै प्रहरी युनिटलाई दशैं तिहार सुरक्षाका लागि परिचालन हुन निर्देशन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयमा दशैं सुरु हुन केही दिन अघि गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक थापाले विशेष सुुरक्षा योजनाका साथ प्रहरी परिचालन हुने बताएका थिए ।

daimond public

प्रहरी उपरीक्षक थापाले दशैं सुरु भएपछि तस्करी नियन्त्रणमा सक्रियता देखाएर महेन्द्रनगर बजार क्षेत्रका विभिन्न गोदाममा छापा हानेका थिए । उनी आफैं प्रहरी टोलीको नेतृत्व गर्दै ती गोदाममा छापा हानेका थिए ।

भीमदत्त नगरपालिका ९ ब्रह्मदेबदेखि पुनर्वासको डोके बजारसम्मको खुला सीमा भएकाले प्रहरीलाई सधैं दशैं तिहारमा अप्रिय घट्ना हुन सक्ने आशंका हुने गरेको छ । त्यस कारण दर्शैं तिहारमा प्रहरीले सीमा क्षेत्रमा उच्च सुरक्षा निगरानी गर्दै आएको छ ।

दर्शैं टिकाका दिन मंगलबार सवारी दुर्घटना, कुटपिट, झैझगडा लगायतका अप्रिय घट्ना नभएको प्रहरी निरीक्षक चन्दले बताए । ‘मदिरा सेवन, जुवातास लगायतका कारणले अप्रिय घट्ना हुन भएन’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय मातहत दोधारा चाँदनी, गड्डाचौकी, झलारी, गुलरिया, त्रिभुवनवस्ती, बेलौरी, बेलडाँडी, लालझाडी र रैकवार विचवामा इलाका प्रहरी कार्यालय छन् । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबमा सीमा प्रहरी चौकी छ ।

दोधारा चाँदनी, झलारी, बेलौरी, पुनर्वास र बेलडाँडीमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली छन् । त्यस बाहेक अन्यमा प्रहरी नायब निरीक्षक(सई)का नेतृत्वमा प्रहरी टोली खटाइएको छ ।

महेन्द्रनगर बजार सहित आशपास क्षेत्रको सुरक्षामा वडा प्रहरी कार्यालय परिचालन हुँदै आएको छ । वडा प्रहरी कार्यालयको नेतृत्व प्रहरी निरीक्षकले गर्दै आएका छन् ।

इलाका प्रहरी कार्यालय मातहत जिल्लाभर प्रहरी चौकी र अस्थायी प्रहरी बिट राखिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका उपरीक्षक कमल थापाले कार्यालयमा दशैं मनाएका छन् । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी भने दशैंमा घर गएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) बाट आएका थापाले पछिल्लो समय तस्करी विरुद्ध अभियान सञ्चालन गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...