ghar sansar

सुदूरपश्चिममा दशैंमा दर्जन सवारी दुर्घटना, ८ जनाले गुमाए ज्यान

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिममा दशै अवधिमा ११ सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार असोज २८ देखि कात्तिक ८ गतेसम्म भएका ती सवारी दुर्घटना भएका हुन् ।

dirghayi clinic

गत वर्षको दशैं भन्दा यस वर्षको दशैंमा बढी सवारी दुर्घटना भएको तथ्यांकले देखाएको छ । यस वर्षको दशैंमा सवारी दुर्घटनामा परेर ९ जना घाइते भएका छन्। साथै ट्राफिक प्रहरीले एक हजार ७ सय ५७ जना सवारी चालकलाई कारबाही गरेको छ। सवारी कारबाहीबाट करिब १० लाख राजस्व असुली भएको समेत प्रदेश ट्राफिक प्रहरीले जनाएको छ।

,orning glory badhai

गत वर्षको दशैंकको अवधिमा १२ वटा सवारी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरीको अभिलेख छ। सो अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए। ट्राफिक प्रहरीले एक हजार ९ सय ७४ सवारी चालकलाई कारबाही गरेर १७ लाख ९ हजार राजस्व असुली समेत गरेको थियो।

Himal dental
सम्बन्धित
Loading...