
महेन्द्रनगर । बझाङमा आधारभूत स्वास्थ्य केन्द्रबाट कण्डम चोरी भएको छ । बुधबार राति सुर्मा गाउँपालिका वडा नम्बर ३ धनीधारामा रहेको हेल्थ पोष्ट तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा पनि क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ । तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाई छ ।
