
महेन्द्रनगर । प्रहरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका काठमाडौंका केही पर्यटकलाई तरकारी बजारबाट पक्राउ गरेको छ ।
तरकारी बजारको तस्बिर खिचि रहेका बेला उनीहरुलाई पक्राउ गरिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार तस्बिर खिचि रहेका चार पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले सहायक प्रमुख जिल्ला अधिकारीको आदेशमा केहीलाई पक्राउ गरिएको जानकारी आए पनि प्रहरी कार्यालयमा आई नपुगेको बताए ।
‘सहायक सिडिओ सापले कुन नियतले फोटो खिचि रहेका छन् भनेर सोधपुछका लागि भन्नु भएको हो, त्यस्तो केही छैन’ उनले भने ।
