Sarsoti

तरकारी बजारको तस्बिर खिचेको भन्दै सहायक सिडिओको आदेशमा पक्राउ गरिएका तीन पर्यटक छाडिए

lotus institute

महेन्द्रनगर । प्रहरीले तरकारी बजारको तस्बिर खिचेको भन्दै पक्राउ गरेका तीन जनालाई प्रहरी कार्यालयमा सोधपुछपछि छाडेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका काठमाडौंका उनीहरुलाई शनिबार साँझ तरकारी बजारको तस्बिर खिच्ने क्रममा पक्राउ गरी प्रहरी कार्यालय लगिएको थियो ।

Mahendranagar

जिल्ला प्रहरी कार्यालय लगेर सोधपुछ गरिएपछि उनीहरुलाई छाडिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको आदेशमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका थिए ।

morning glory

प्रहरीका अनुसार सहायक सिडियो जोशीले तस्बिर खिचि रहेको जानकारी दिएर सोधपुर्छ गर्न भने पक्राउ गरी प्रहरी कार्यालय पुगाइएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुमेर आएका उनीहरु साँझतिर तरकारी बजार गएका हुन् । ओपेरा नजिकको तरकारी बजारमा भीडभाड देखेपछि उनीहरुले तस्बिर खिचेका थिए ।

saark school
सम्बन्धित
Loading...