
महेन्द्रनगर । औषधि व्यवसायी रोशन भण्डारीले भीमदत्त नगरपालिका वडा नं. ११ लाई औषधि सहयोग गरेका छन् । काठमाडौंमा बस्दै आएका भण्डारीले ४५ हजार रुपैँया बरारबरको विभिन्न औषधि वडा कार्यालयलाई सहयोग गरेका छन् ।
भीमदत्त नगरपालिका ११ का वासिन्दा भण्डारीले वडा अध्यक्ष प्रकाश थापालाई औषधि हस्तान्तरण गरेका हुन् । भण्डारीले वडाका वासिन्दा भएकाले सहयोग स्वरुप औषधि सहयोग गरेको बताए ।
