ghar sansar

भारतबाट अवैध रुपमा आउने माछाले किसान हैरान, नियन्त्रणका लागि प्रहरीसम्म गुहार

janjyoti campus

महेन्द्रनगर । भारतबाट अवैध रुपमा माछा आउन थालेपछि प्रहरीले नियन्त्रणका लागि माछा उत्पादक किसान, व्यवसायी र उपभोक्ताबीच छलफल गरेको छ । जिल्ला प्रहरी कार्यालयमा गरिएको कार्यक्रममा माछा उत्पादक व्यवसायीले औषधि प्रयोग गरिएका माछा अवैध रुपमा भित्रिएकाले रोक्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बेदकोट नगरपालिका ६ सिसैयाका माछा उत्पादक किसान हरिराम चौधरीले भारतीय माछाले आफुहरु मारमा परेको बताए । ‘हामीले यहाँ मरिमेटी माछा उत्पादन गछौँ, ‘उनले भने, ‘माछा बिक्रिकै समयमा भारतबाट सस्तोमा आउने माछाले बजार लिएपछि हामीमा सस्तोमै बिक्रि गर्नुपर्ने बाध्यता हुन्छ ।’

western public academy

शुक्लाफाँटा नगरपालिकाका ललित बहादुर सिहले भारतबाट क्वारेन्टाईनबिनै माछा नेपाल भित्रिने गरेको बताए । ‘उता भारतबाट बिना चेकजाँच माछा भित्रिन्छन, ‘उनले भने, ‘कानुन अनुरुप आएका मात्राको समेत भन्सार परिमाण भन्दा कमै काट्छन ।’

dirhayu

पशु क्वारेन्टाईन गड्डाचौकीका प्रमुख देवदत्त विष्टले क्वारेन्टाईन बिनै गड्डाचौकी नाका भएर नेपालमा माछा नभित्रिएको बताए । ‘हामीले भारतबाट आउने बैद्य माछाको पनि फर्मालिन चेकजाँच गरेर मात्रै छाड्र्छौँ, ‘उनले भने, ‘यो नाकाबाट बैद्य रुपमा माछा ल्याउनै उस्तैपनि सकस छ, आएपनि हामी चेकजाँच गछौँ ।’ खुला सीमाबाट चोरी तस्करी हुने माछा सुरक्षा निकायसंगको समन्वयमा बरामद गरेर नष्ट गर्दै आएको उनले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले पछिल्ला दिनहरुमा माछा उत्पादक किसानले भारतबाट गैर कानुनी रुपमा माछा नेपाल भित्रने थालेको विषयमा गुनासो गरेपछि दुवै पक्षलाई संयुक्त रुपमा राखेर छलफल गराएको बताए ।

‘हामीकहाँ माछा उत्पादक किसानले गुनासो ल्याएपछि हामीले सरोकारवाला सहित दुवै पक्षलाई प्रत्यक्ष राखेर छलफल गराएका छौँ, ‘एसपी थापाले भने, ‘यो छलफलबाट दुवै पक्षले उत्पादन गरेको स्वदेश माछा आपूर्तिदेखि बिक्रि वितरण गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।’

मानव स्वास्थ्यलाई हानिकारक हुने फर्मालिनयुक्त रसायन प्रयोग भएर भारतबाट चोरी तस्करीका माछा नेपालमा भित्रिन थालेपछि स्वदेशी माछा उत्पादक किसान मारमा पर्दै आएका थिए ।

Himal dental
सम्बन्धित
Loading...