अदालतबाट सजाय तोकिएका तीन फरार प्रतिवादी कारागार चलान

Amity

महेन्द्रनगर । अदालतबाट कैद सजाय तोकिएका विभिन्न मुद्दामा फरार तीन जना कारागार चलान गरिएका छन् । प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेपछि उनीहरुलाई सजाय भुक्तानका लागि कारगाार चलान गरिएको हो । प्रहरीले उनीहरुको खोजी गरी पक्राउ गरी अदालतमा पेश गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लागु औषध खैरो हिरोईन मुद्दामा“४ महिना कैद सजाय तोकिएका भीमदत्त नगरपालिका ५ का पंकज चन्द सहित तीन जना कारागार चलान गरिएका छन् । चन्दलाई प्रहरीले घर नजिकबाट पक्राउ गरेको थियो ।

janjyoti campus

सवारी ज्यान मुद्दामा सजाय तोकिएपछि फरार दोधारा चाँदनी नगरपालिका १० का लखन रावललाई पनि कारागार चलान गरिएको छ । जिल्ला अदालतले उनलाई १ वर्ष ५ महिना ४ दिन कैद र दुई हजार जरिवाना तोकेको थियो । रावललाई घर नजिकबाट पक्राउ गरिएको प्रहरीको भनाई छ ।

भीमदत्त नगरपालिका ४ का यज्ञ शाहलाई चोरी मुद्दामा कारगारमा चलान गरिएको छ । अदालतले शाहलाई चोरी मुद्दामा ९ महिना कैद सजाय तोकेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकश डाँगीले तीनै जनालाई घर नजिकबाट पक्राउ गरिएको जानकारी दिएका छन् । दशैं अघि पक्राउ गरिएका उनीहरु सार्वजनिक विदाका कारण आइतबार मात्रै अदालतमा पेश गरिएका हुन् ।

ghar sansar
सम्बन्धित
Loading...