बझाङ्गमा भूकम्फले घाइते भीमदत्त नगरपालिका १८ का ओडलाई उप मेयर जोशीले गरिन खाद्यान्न सहयोग

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले बझाङ्गमा भूकम्पमा परी घाइते भएका नरी ओडलाई सहयोग गरेकी छन् । भीमदत्त नगरपालिका १८ जनचेतना टोलका ओडलाई आइतार खाद्यान्न सहयोग गरिएको छ ।

मजदुरीका लागि बझाङ्ग पुगेका ओड भूकम्पमा परी घाइते भएपछि केही दिन अघि घर फर्किएका थिए । असोज तेस्रो साता बझाङ्ग केन्द्र बिन्दू बनाएर भूकम्प आएको थियो ।

सम्बन्धित
Loading...