ghar sansar

महाकाली नदीको चार लेन पक्की पुलबाट हुन थाल्यो लागु औषध ओसारपसार, एकै दिन चार जना पक्राउ

महेन्द्रनगर । लागु औषध कारोबारका लागि महाकली नदीमा निर्माणाधिन चार लेन पक्की पुलको बाटो प्रयोग गर्न थालिएको छ । भारतसित जोडिएका सबै खुला नाकामा उच्च सुरक्षा निगरानी भएपछि पछिल्लो पटक महाकाली पुल प्रयोग गर्न थालिएको छ ।

महाकाली नदीको पुल नजिकबाट लागु औषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । यस अघि पनि पुल भएर महेन्द्रनगर आउन लागेका तीन जनालाई केही दिन अघि दोधारा चाँदनीबाट पक्राउ गरिएको थियो ।

mantra hos123

दोधारा चाँदनी नगरपालिका–१ स्थित महाकाली नदीमा निर्माणाधिन पुल नजिक सडक खण्डबाट ०.३१ ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका–१२ का २२ वर्षीय मौसम भनिने महेश भट्ट र भीमदत्त नगरपालिका–१७ बस्ने २६ वर्षीय कपिल भट्टलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको कञ्चनपुर प्रहरीले बताएको छ ।

अस्थायी प्रहरी पोष्ट झोलुङ्गे कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा दुबै जनाको साथबाट लागूऔषध फेला पारी स्कुटी १ थानसहित दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी प्रकाश डाँगीले जानकारी दिए । यस्तै बेलौरी नगरपालिका–६ बैशाखा पुलबाट २.३५ ग्राम लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन् ।

सोही ठाँउ बस्ने २५ वर्षीय उत्तम बुडाल र २८ वर्षीय महेन्द्र बुडाल आईतबार दिउँसो पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी मोटरसाईकल १ थानसहित दुबै जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक डाँगीले बताए । यस सम्बन्धमा चारै जनामाथि थप अनुसन्धान गरिरहेको डाँगीले जानकारी दिए।

Himal dental
सम्बन्धित
Loading...