महेन्द्रनगर । लोक कल्याणकारी सेवा ट्रष्टका संरक्षक हरिशरण महाराजले छाडा पशु चौपाया व्यवस्थापनका लागि संकलन गरेको सहयोग दुरुपयोग नगरिएको प्रष्टीकरण दिएका छन् । ट्रष्टले पत्रकार सम्मेलन गरी सबै हिसाब चुस्त दुरुस्त राखिएकोमा जानकारी दिएका हुन् ।
छाडा पशु चौपाया व्यवस्थापनका लागि ट्रस्टले सहयोग संकलन र कवाड संकलन गरे पनि व्यवस्थापनका कार्य सुरु हुन नसकेपछि केही अनलाइनहरुमा सहयोग हिनामिनाका समाचार प्रकाशित भएका थिए । ती समाचार प्रकाशित भएको लामो समयपछि पत्रकार सम्मेलन गरी प्रष्टीकरण दिइएको हो ।
हामीले संकलन गरेको कर्वाडमा कुनै हिनामिना भएको छैन, ‘उनले भने, ‘सबै हरहिसाब चुस्तदुस्त राखिएको छ’ पत्रकार सम्मेलनमा उनले भने ।
ट्रष्टले गत बर्षदेखि चौपाया व्यवस्थापनका लागि कवाड र सहयोग संंकलन सुरु गरेको थियो । हालसम्म बजार, विद्यालय, विभिन्न घरसायी क्षेत्रबाट संकलन भएको गत्ता, कापी लगायतका समान संकलन गरिएका छन् । ती समान बिक्री गर्ने तयारी गरिएको बताइएको छ ।
पत्रकार सम्मेलनमा हरीशरण महाराजले अक्षय कोष स्थापनाका लागि सहयोग संकलन गरिएको बताए । ‘फोहरलाई मोहर बनाउने उदेश्यले नै यो अभियानको सुरुवात गरिएको भएपनि बिभिन्न संचारमा माध्यममा रकम हिनामिना गरेको भन्ने समाचार आएको विषयमा आफनो समिति र आफू स्वयमले एक रुपैँया पनि हिनामिना गरेको भए सजाय भोग्न तयार छु’ उनले भने ।
अहिले जम्मा भएका कवाडहरु महेन्द्रनगर माध्यमिक विद्यालयमा सुरक्षित राखिएको र ती कवाडहरुको मूल्य बजारमा कम भएकाले बिक्री नगरिएको हरिशरण महाराजले बताए । ट्रस्टका कञ्चनपुर अध्यक्ष कृष्णदत्त जोशी बोक्सर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् ।