ghar sansar

यति हचुवामा शैलीमा गरिन्छन् सरकारी कार्यक्रम, डिभिजन वन कार्यालय कञ्चनपुरको कार्यक्रम बन्यो उदाहरण

little buddha academy
khasi

महेन्द्रनगर । डिभिजन वन कार्यालय कञ्चनपुरले मंगलबार आयोजना गरेको वन तथा वन्यजन्तु संरक्षण सम्बन्धि कार्यक्रम सरकारी कार्यक्रम हचुवाका भरमा गरिने उदाहरण भएको छ ।

नेपाल–भारतका वन अधिकारी, संरक्षणकर्मी र सुरक्षाकर्मी सहभागी कार्यक्रमको ब्यानरले सरकारी कार्यक्रमको हचुवापनलाई पुष्टि गरि दिएको छ ।

,orning glory badhai

वन तथा वन्यजन्तु संरक्षणका लागि इण्डो नेपाल तथा लोकल लेभल अन्र्तक्रिया लेखिएको कार्यक्रमको मिति ३१ अक्टोर २०२३ लेखिएको छ । जबकी अंगे्रजी क्यालेण्डर अनुुसार बुधबार अक्टोबर ३० थियो । मंगलबार अक्टोबर महिनाको अन्तिम दिन थियो ।

आयोजक डिभिजन वन कार्यालयले अक्टोबर महिनामा आफूसित एक दिन थप गरी ३१ तारेख बनाएर कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा केही सहभागीले अक्टोबर कार्यक्रम मिति अक्टोटर ३१ गते लेखिएको देखेपछि आपशमा कानेखुसी गरे पनि अभिव्यक्त नगर्न नसकेको बताएका छन् ।

dirghayi clinic

कार्यक्रममा वन तथा वन्यजन्तुको संंरक्षणका लागि सामूहिक प्रयासबारे छलफल गरिएको छ । कार्यक्रममा भारतीय वन अधिकारीले नेपालसित सूचना आदानप्रदानमा जोड दिएको सहभागीहरुको भनाई छ ।

उत्तराखण्ड हल्द्वानीकी उपप्रभागिय वनाधिकारी ममता चन्दले वन र वन्यजन्तु संरक्षणका लागि दुवै देशका वन अधिकारी, संरक्षणकर्मी एवं सुरक्षाकर्मीविच आपसी समन्वय सूचना आदान प्रदान आवश्यक रहेको बताईन् ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मरा जोशी प्रमुख अतिथि रहेको कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमलाल कँडेल, सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशी, भारतीय वनजीव संस्थान देहरादुनका बैज्ञानिक डा. नविनचन्द्र जोशी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापा, सशस्त्र प्रहरी बल ३५ नम्बर गण कञ्चनपुरका प्रमुख एसपी प्रेम बहादुर रावल, चुरे सञ्जाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव बिष्ट, सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द पन्त लगायतले वन, वातावरण तथा वन्यजन्तुको चोरी शिकारी नियन्त्रण लगायतका विषयमा जोड दिए ।

होटल चेतनमा कार्यक्रम गरिएको थियो । डिभिजन वन कार्यालयले दातृ निकायको सहयोगमा कार्यक्रम गरेको कर्मचारीहरुले बताए । डिभिजन वन अधिकृत कँडेल अन्तर्राष्ट्रिय दातृ निकायसित घािष्ट सम्बन्ध भएका वन अधिकारीका रुपमा परिचित छन् ।

Himal dental
सम्बन्धित
Loading...