भातरबाट तिहार मनाउन घर फर्किएका नेपाली बाटोमै लुटिए

महेन्द्रनगर । भारतबाट घर फर्किरहेका दुई जना नेपाली कामदार बाटोमै लुटिएका छन् । भारत उत्तराखण्डको हरिद्वारमा पुनर्वास नगरपालिका–७ ‘च’ गाउँका २१ वर्षीय सुशान्त तामाङ र २३ वर्षीय दिनेश तामाङ लुटिएका लुटिएपछि अलपत्र अवस्थामा बुधबार गड्डाचौकी पुगेका हुन् ।

लेह–लद्दाखमा मजदुरी गरी तिहार मनाउन फर्किएका उनीहरुमध्ये सुशान्तको ४० हजार भारु, लुगा कपडा र मोबाइल तथा दिनेशबाट पनि ५० हजार भारु, लुगा कपडा र मोबाइल लुटिएको छ ।

उनीहरुका अनुसार हरिद्वारमा बसबाट झर्नेबितिक्कै सुर्खेत घर बताउने एक जना नेपालीले चिया पिउन होटेलमा लगे । उनले चिया बिस्कुट खान दिए । चिया बिस्कुट खाएको केही बेरमै दुवैजना बेहोस भए ।

‘भोलिपल्ट होसमा आउँदा हरिद्वारको बसपार्कमा थियौं, झोला, मोबाइल र पैसा केही थिएन, शरीरमा भएको लुगा मात्रै बाँकी थियो,’ सुशान्तले भने, ‘खल्तीमा ६ सय बाँकी थियो, त्यसैले दुई जना बनबासासम्म पुग्यौं ।’ 

सम्बन्धित
Loading...