ghar sansar

कैलालीमा जुवाखालबाट पूर्व प्रहरी इन्स्पेक्टर सहित ९ जना पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । कैलालीको धनगढीबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधबार कैलाली प्रहरीको टोलीले धनगढी उप–महानगरपालिका १ स्थित साथीभाई होटलबाट उनीहरुलाई समातेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले होटलमा जुवातास भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक गंगादत्त बडुको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई समातेको जानकारी दिए ।

,orning glory badhai
dirghayi clinic

मातिएकामा एकजना पूर्व प्रहरी निरीक्षक (इन्सपेक्टर) पनि रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत रहेकै बेला केही समय अघिमात्र रिटायर भएका पूर्व इन्सपेक्टर प्रेमसिंह खड्का पनि जुवाखालबाट समातिएको खुलेको हो ।

५२ वर्षीय खड्का धनगढी उपमहानगरपालिका वडानम्बर २ का बासिन्दा हुन् । यस्तै धनगढी उपमहानगरपालिका ५ बस्ने ४६ वर्षका पवन पन्त, सोही ठाउँका ४२ वर्षका हेमराज जोशी, धनगढी–३ बस्ने ४० वर्षका लक्ष्मीराज जोशी, धनगढी–४ बस्ने ३६ वर्षका जितेन्द्र भट्ट, धनगढी–८ बस्ने ४६ वर्षका गणेश दाहाल, धनगढी ५ बस्ने ५९ वर्षका महेन्द्रसिंह खड्का, धनगढी–३ बस्ने ३६ वर्षका धर्म बोगटी र डोटी शिखर नगरपालिका–३ बस्ने ५१ वर्षका रमेश कडायतलाई पनि जुवाखालबाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट नगद ३३ हजार ८५५ र ३ गड्डी तास पनि बरामद गरिएको र अहिले उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...