ghar sansar

दोधारा चाँदनीको बडुवाल टोलमा भोकमरीको चिन्ता, रमेश लेखक, बेल बहादुर राना र किशोर लिम्बुलाई मतलब नभएपछि एनजिओसित हारगुहार

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनीको हात्ती पीडित बडुवाल टोलमा भोकमरीको चिन्ता देखिएको छ । तीन महिनादेखि हात्तीको बथानले दैनिक खेतीपाती नोक्सान गरेपछि वासिन्दालाई भोकमरी हुने चिन्तामा छन् ।

हात्तीले स्थानीयको खेतबारीमा धान, मकैवाली सबै नोक्सान गरेको छ । स्थानीयका अनुसार ८३ घर परिवारका खाद्य बाली हात्तीले नोक्सान गरेको छ ।

mantra hos123

हात्तीका कारण खाद्य समस्या आउने अवस्था आएपछि वडा अध्यक्ष हरिसिंह धनाडी, वडा सदस्य राधा सुनार, वडा नं. ५ का वडाध्यक्ष केशव खत्री सहितले सरोकारावालासित छलफल गरेका छन् । उनीहरुले गैर सरकारी संस्थालाई गहारेका छन् ।

हात्ती नियन्त्रणमा स्थानीय, संघ र प्रदेश सरकारले अहिलेसम्म वेवास्ता गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखक, प्रदेश सभा सदस्य बेल बहादुर राना र दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुको स्थानीय चर्को आलोचना गर्दै आएका छन् । चुनाव बाहेक अन्य बेला वस्तीमा नआएको स्थानीय बताउँछन् ।

‘बस्तीमा खाद्यान्न अभावलाई पुरा गर्न हामीले पहल थालेका छौं, त्यसका लागि एनएसएडब्लुसित छलफल गरिएको छ’ वडा अध्यक्ष धनाडीले भने ।

दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले केही दिन अघि मात्रै बडुवाल टोलका लागि २ लाख बजेट दिने निर्णय गरेको थियो । बडुवाल टोलमा दुई सातामा हात्तीले सात घर हात्तीले भत्काएको छ । खेतमा अन्नबाली सकिएसंगै हात्तीले अहिले घर भत्काएर खाद्यान्न नष्ट गर्न थालेको हो ।

Himal dental
सम्बन्धित
Loading...