ghar sansar

शुक्लाफाँटाको वातावरण मध्यवर्ति सामुदायिक वनमा महिलाको शव भेटियो, हत्या गरिएको अशंका

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ७ स्थित वातावरण मध्यवर्ति सामुदायिक वनमा एक महिला मृत अवस्था भेटिएका छन् । स्थानीय ६० वर्षिया नन्दानारु देवी जोशी सोमबार विहान वन क्षेत्रमा मृत भेटिएकी हुन् ।

daimond public

अहिले जोशीको शव भेटिएको क्षेत्रमा प्रहरी सहित स्थानीय पुगेका छन् । प्रहरीले घट्ना स्थलललाई सिल गरी अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय झलारीले अनुसन्धान अघि बढाएको हो ।

lotus institite

स्थानीयका अनुसार ६० वर्षिया जोशी घाँस काट्न आइतबार साँझ वन क्षेत्रमा गएकी हुन् । उनको हत्या गरिएको हुन सक्ने आशंका गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक(डिएसपी) प्रकाश डाँगीले जोशीको मृत्यु शंकास्पद देखिएको बताए । अनुसन्धानपछि मृत्युको कारण थाह हुने उनको भनाई छ ।

Himal dental
सम्बन्धित
Loading...