इन्टरनेशनल पब्लिक स्कुलले कर्णालीका भूकम्प पीडितलाई ५१ हजार सहयोग गर्नेे

महेन्द्रनगर । इन्टरनेशनल पब्लिक स्कुलले जाजरकोट र रुकुम पश्चिमका भूकम्पबाट पीडित वासिदालाई ५१ हजार सहयोग गर्ने भएको छ । विद्यालय व्यवस्थापन समितिको सोमबार बसेको बैठकले तत्काल उपलब्ध गराउने गरी सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज वस्नेतको अध्यक्षतामा विहान बैठक बसेको थियो । विद्यालयले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरुमा श्रद्धाञ्जली र उनीहरुका परिवारमा समवेदना व्यक्त गरेको छ ।

भूकम्पबाट पीडित वासिन्दाको खोज उद्धार, राहत , पुनस्र्थापन तथा घाइतेहरुको उपचार लगायतका कार्य प्रभावकारी रुपमा गर्न सरकारसंग आग्रह गरेको छ ।

सम्बन्धित
Loading...