बेदकोटबाट आएर विद्यार्थीले गरे पार्कमा सरसफाई

महेन्द्रनगर । भीमदत्त बाटिका (स्थानीय पार्कं) मा विद्यार्थीहरुले सरसफाई गरेका छन् । बेदकोट नगरपालिका ८ गैलनदीस्थित श्री बैजनाथ माध्यमिक विद्यालयका विद्यार्थीले पार्क क्षेत्रमा सरसफाई गरेका छन् । उनीहरुले पार्कमा सरफाईपछि वाटिका संरक्षण समितिसित अन्र्तक्रिया कार्यक्रम गरेका छन् ।

विद्यार्थीहरुसित अन्र्तक्रिया कार्यक्रममा बाटिका समितिका अध्यक्ष प्रशान्त भट्ट र सदस्य गंगा दत्त भट्ट लगायतका सहभागी भएका छन् । बाटिका समितिका अध्यक्ष भट्टले गैलनदीबाट आएर विद्यार्थीहरुले पार्कको सरसफाई गर्न सराहनीय कार्र्य भएको बताए ।

 

सम्बन्धित
Loading...