बेदकोटका कलौनीले मनाए अनाथालयमा छोराका जन्म दिन, बालबालिकालाई खुवाए खिर

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ लालपुरका प्रकाश कलौनीले आफ्नो छोराको जन्म दिन समाज कल्याण बाल अनाथालयका बालबालिकासंग मनाएका छन् । उनका जेठा छारा योगेश कलौनीको जन्म दिन शुक्रबार अनाथालयमा मनाएका छन् ।

उनका छोरा ५ वर्ष पूरा गरी छैँठौमा प्रवेश गरेका छन् । जन्म दिनमा उनले अनाथालयका १२ बालबालिकालाई खिर खुवाएका छन. । उनीहरुलाई स्टेशनरी र फलफुल वितरण पनि गरेका छन् ।

बेदकोट नगरपालिकामा कार्यरत कलौनी कला संस्कृति संरक्षणका क्षेत्रमा सक्रिय छन् ।

सम्बन्धित
Loading...