ghar sansar

वपसार्कमा सार्वजनिक सवारीका चालकको स्वास्थ्य परीक्षण

Amity

महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अन्र्तगत शुक्रबार सार्वजनिक सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । मन्त्र हस्पिटल र आँखा उपचार केन्द्र महेन्द्रनगरको सहयोगमा बसपार्कमा स्वास्थ्य परीक्षण गरिएको छ ।

विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । मन्त्र हस्पिटलका पाँच चिकित्सक र आँखा उपचार केन्द्रका दुई प्राविधिकले स्वास्थ्य जाँच गरेका छन् ।

lotus institite

ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक नरेश बिकले सवारी चालकको स्वास्थ्य समस्याका कारणले पनि दुर्घटना हुने भएकाले स्वास्थ्य परीक्षण गरिएको बताए ।

‘अहिले चाडवाडको मौसम छ, यो समयमा सवारी चालकलाई धेरै प्रेसर हुन्छ, स्वास्थ्यको समस्या हुन सक्छ,’ उनले भने,‘त्यही भएर यो सप्ताह अन्र्तगत स्वास्थ्य जाँच गरिएको छ ।’

ट्राफिक इन्चार्ज बिकका अनुसार चालकहरुको आँखा, प्रेसर लगायतका स्वास्थ्य समस्याको जाँच गरिएको छ । महेन्द्रनगर बजारमा प्रभातफेरि गरी सोमबार सप्ताह सुरु भएको थियो ।

सप्ताहमा सडक सुरक्षाका लागि सचेतना मुलक कार्यक्रम राखिएका छन् । बिहीबासम्म अटो चालकलाई प्रशिक्षण, सडकमा ट्राफिक सचेतना सहितका बोर्डहरु राख्ने, क्रस गर्ने बाटोमा जेब्रा क्रसिङ लाईन बनाउने लगायतका कार्य गरिएका छन् । यसैगरी सप्ताह अन्र्तगत यातायात कार्यालयसंग समन्वय गरी सवारी साधनको यान्त्रिक परिक्षण गरिएको छ ।

    

Himal dental
सम्बन्धित
Loading...