ghar sansar

झलारी पुगेर बेदेकोटका मेयर बोहराले भने–विपन्नतालाई निम्टयान्न पार्न श्रम गर्नु पर्छ

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले विपन्नतालाई निम्टयान्न पार्नका लागि श्रम गर्ने बानीको विकास गर्नु पर्ने बताएका छन् ।

झलारीमा निड्स नेपालले सञ्चालन गरेको दिगो आम्दानीद्वारा महिला उद्यमीहरुको सशक्ति परिेयोजना अन्र्तगत कुखुरा पालन सम्बन्धी तालिम समापन कार्यक्रममा उनले सीपले जीवन जीउनेकला सिकाउने भएकाले यसलाई अपनाउनु पर्नेमा जोड दिए ।

,orning glory badhai

परम्परागत सीपलाई समय अनुसार परिमार्जन गरी आयआर्जन हुने गरी व्यवसासयकतामा ढाल्नु पर्ने उनको भनाई छ । नगरपालिका क्षेत्रमा दुई वटा गैसस कार्यरत रहेको उल्लेख गर्र्दैै उनले विपन्न परिवारको घरमा खुसि कसरी आउँछ, त्यसका लागि काम गर्नु पर्ने बताए ।

dirghayi clinic

“निड्सले १२० घर घुरीमा कार्य गरि रहेको छ” उनले भने, “नगरपालिकाको कुल घर घुरीको एक प्रतिश हो, ती घरधुरीको जिम्मा निड्सले लिनु पर्छ, प्रत्येकको घरमा करेशावारी भएको हेर्न चाहेको छु, तरकारी भिटामिन, मिनरल्स लगायतको स्रोत भएकाले खेतीगर्ने र उपभोग गर्ने कार्य हुनु पर्छ ।”

दक्षिण कोरिया लगायत देशको जीवनशैलीको चर्चा गर्दै उनले नेपाली जस्तै विदेशीहरु पनि पहिला पुडका, होचा रहेकोमा हरियो तरकारी, प्रांगारिक मलको प्रयोगले उत्पादन गरिएका फलफुल, अन्न, मासुजन्य पदार्थको प्रचुर मात्रामा उपभोगले त्यस देशका व्यक्तिहरुको बृद्धि विकासमा टेवा पुगेको बताए ।

भाषा, रहनसहन, रीतितिथि व्यक्तिको पहिचान भएकाले त्यसलाई विर्षनु नहुनेमा उनको जोड थियो । परम्परागत रुपमा पालिने कुखुरा भन्दा आधुनिक तरिकाले पालन गर्दा आत्मनिर्भरता बढ्ने उनले बताए ।

नगरपालिकामा ४० हजार फलफुलका विरुवा रोप्ने योजना रहेको जानकारी दिँदै उनले १७ हजार रोपि सकेको र बाँकी रोप्ने कार्यलाई जारी राखिने बताए । फलफुल भिटामिन मिनरल्स, फाईवर लगायतको स्रोत भएकाले यसको खेतीसंगै उपभोगमा जोड दिइनु पर्ने उनको भनाई थियो ।

Himal dental
सम्बन्धित
Loading...