ghar sansar

एभरेष्ट सहकारीको १५ औं साधारण सभा सम्पन्न

Amity

महेन्द्रनगर । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि कञ्चनपुरको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष सुरेन्द्र सिह साउदको अध्यक्षतामा सम्पन्न साधारण सभामा भीमदत्त नगरपालिकाका सहकारी इकाई प्रमुख विमला भाट प्रमुख अतिथि थिइन् ।

साधारण सभामा संस्थाका सचिव विरेन्द्र प्रसाद भट्टले आ.व.२०७९÷८०को ९ करोड ९ लाख ४१ हजार १ सय ५१ रुपँैयाको आय व्यय तथा आ.व.२०८०÷८१ को १० करोड १ लाख ३ हजार १ सय ३५ रुपैँया बराबरको अनुमानित आयव्यय प्रस्तुत गरे ।

lotus institite

शेयर पूँजी २ करोड ३९ लाख ४८ हजार १ सय रुपैया रहेको सहकारी संस्थामा आ.व.२०७९÷८० मा कर्जा लगानीतर्फ ७ करोड ६५ लाख १७ हजार ८ सय ४० रुपैया तथा बचत संकलन तर्फ ५ करोड १ लाख ३९ हजार ५ सय ९८ रहेको छ ।

कार्यक्रममा सहकारीका व्यवस्थापक मदन सिह धामीले संस्थाले आफ्ना सदस्यहरुलाई कर्जा लगानीमा सुरक्षा अपनाउँदै कर्जा बीमा अनिवार्य गरेको र भीमदत्त नगरपालिकाका सबै वडाहरु र बेदकोट नगरपालिकाका केही वडामा आफनो कार्यक्षेत्र विस्तार गरी सदस्यहरुको जीविकोपार्जनमा सहयोग पु¥याइरहेको बताए ।

साधारण सभामा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णु प्रसाद बोकटीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा सहकारीका अध्यक्ष साउदले संस्थाले समय समयमा ज्येष्ठ नागरिक अनाथ बालकालिकालाई विभिन्न रुपमा सहयोग गरी सामाजिक कार्य समेत गर्दै आइरहेको र छिट्टै बचतकर्ताहरुलाई मोबाइल बैंकिंग सेवा समेत सुरु गर्न गइरहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि भीमद त्त नगरपालिका सहकारी इकाइ प्रमुख भाटले भाटले सहकारीले गरेको प्रगतिको प्रशंसा गर्दै अझै मध्ययम आय भएका व्यक्तिहरुको जीवनस्तरमा सुधार ल्याउनु पर्नेमा जोड दिइन् । सानो पूँजी संकलन गरी सदस्यहरुलाई समस्या पर्दा सहकारीले गर्ने सहयोग अतुलनीय हुने उनको भनाई थियो ।

कार्यक्रममा संस्थामा बचत तथा कर्जा कारोवारमा उत्कृष्ट कार्यगरी आर्थिक कारोवार गर्ने ९ जना आफ्ना सदस्यहरुलाई सम्मानित गरिएको छ ।

सम्मानित हुनेहरुमा बचतकर्तामा नरबीर धामी, दान सिह माल,गणेश बहादुर देउपा, विवेकराज जोशी र विरेन्द्र सिह साउद छन् ।

यसैगरी कर्जा कारोबारमा उत्कृष्ट हुनेमा शंकर साउद, विनय न्यौपाने श्याम किसन सुनाहा र गणेश बहादुर ऐर सम्मानित भएका छन । सहकारीका बजार प्रतिनिधि तर्फबाट लीला कँडेल धामीलाई सर्वाेत्कृष्ट र लेखापाल सरोज धामीलाई उत्कृष्ट कर्मचारीको रुपमा प्रशंसा पत्र प्रदान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...