Sarsoti

ट्राफिक इन्चार्जलाई किन लागेछ मन्त्र हस्पिटलको यति माया

lotus institute

महेन्द्रनगर । ट्राफिक प्रहरीले आधिकारिक सम्झौता विना निजी अस्पतालसित ट्राफिक सचेतना कार्यक्रमका लागि सहकार्य गरेको खुलेको छ । ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक नरेश विकले ट्राफिक प्रहरी कार्यालय नजिकको मन्त्र हस्पिटलसंग सहकार्य गरेका छन् ।

ट्राफिक प्रहरी कार्यालय नजिकको मन्त्र हस्पिटलसित सहकार्य गरिए पनि सम्झौता गरिएको छैन । दुबैबीच सम्झौता नभए पनि सहकार्यमा कार्यक्रम भने धमाधम गरिएका छन् ।

morning glory

मन्त्र हस्पिटलmसंग सवारी चालकको लागु औषध जाँचका लागि किट्स लिएर थालिएको सहकार्य ट्राफिक प्रहरीको सप्ताहसम्म पुगेको छ । ट्राफिक प्रहरीको सप्ताहमा शुक्रबार मन्त्र हस्पिटलसंग सहकार्य गरी वसपार्कमा सार्वजनिक सवारीका चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज विकले अस्पतालसित सहकार्य गरिए पनि सम्झौता नभएको बताए । ‘त्यस्तो केही सम्झौता भएको छैन, वहाँहरुले सहयोग गर्छौ भनेपछि सहकार्य गरि रहेका छौ’ उनले भने ।

Mahendranagar

ट्राफिकले मन्त्र हस्पिटलसित सहकार्य गरिएका सबै कार्यक्रममा महाकाली प्रादेशिक अस्पताललाई सहभागी गराइएको छैन । शुक्रबार वसपार्कमा सवारी चालकको स्वास्थ्य जाँचमा पनि महाकाली प्रादेशिक अस्पताल सहकार्य बाहिर राखिएको छ ।

ट्राफिक इन्चार्ज विकले महाकाली प्रादेशिक अस्पतालसित ट्राफिक व्यवस्थापन तथा सचेतनाका लागि सहकार्य गर्नु कुराकानी नभएको बताए । ‘अस्ति लापसे जाँचका लागि किट्स चाहिएको थियो, त्यो त्यहाँ रहेनछ, मन्त्रबाट सहयोग भयो’ उनले भने,‘त्यसपछि अन्य कुरामा सहकार्य गरिएको छैन् ।’

लापसेका लागि पाइने किट चार सय रुपैँया किन्ने पाइन्छ । ट्राफिक प्रहरीसित बजेट नभएकाले किन्न सक्ने अवस्था नभएको इन्चार्ज विकले बताए ।

मन्त्र हस्पिटलको निर्देशक महाकाली प्रादेशिक अस्पतालका पूर्व चिकित्सक डा. गोविन्द रोकाया छन् । शुक्रबार उनी पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै आफै बसापर्कमा सवारी चालकको स्वास्थ्य परीक्षण गर्न खटिएका थिए ।

महाकाली प्रादेशिक अस्पतालका धेरै चिकित्सक मन्त्र हस्पिटलमा पार्ट टाइममा कार्यरत छन् । ती मध्ये केहीको तस्बिर मन्त्र अस्पतालको भित्तामा लगाइएको छ ।

मन्त्रका पार्टटाइम चिकित्सकले महाकाली अस्पतालका विरामीलाई मन्त्रमा रिफर गर्ने गरेको भन्दै केही महिना अघि फेसबुकमा चर्को आलोचना भएको थियो ।

saark school
सम्बन्धित
Loading...