ghar sansar

बडवाल टोल : चुनाव जितेका रमेश लेखक, बेल बहादुर राना र किशोर लिम्बुको वेवास्ता, हारेका कुमालले दिए साथ

घर निर्माण तथा पुनः निर्माणका लागि अभियान सुरु

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा हात्तीले भत्काएका घर पुनः निर्माणका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ । दोधारा चाँदनी नगरपालिकाको मेयरमा चुनाव लडेका भीम कुमालको नेतृत्वमा स्थानीयका घर पुनः निर्माणका लागि सहयोग संकलन अभियान थालिएको हो ।

संघ, प्रदेश र स्थानीय सरकारले हात्ती पीडित वासिन्दालाई वेवास्ता गरेपछि स्थानीय युवा स्वस्फर्त रुपमा सहयोग संकलन गरी घर पुनः निर्माणका लागि कस्सिएका छन् । कुमालले केही अघि सहयोग संकलन गरी घर निर्माण अभियान सञ्चालनका लागि सामाजिक सञ्जाल फेसबुकमा लाईभ कार्यक्रम गरेका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा दोधारा चाँदनीको मेयरमा कुमाल स्वतन्त्रबाट निर्वाचन लडेका थिए । माओवादी केन्द्र छाडेर दोधारा चाँदनीमा उनी स्वतन्त्र समूह गठन गरी राजनीतिमा सक्रिय भएका छन् ।

बडवाल टोलमा कुमाल घर पुनः निर्माणका लागि सक्रिय रुपमा लागे पनि उनीसंगै मेयरमा चुनाव जितेर नगरपालिकाको नेतृत्व गरि रहेका किशोर कुमार लिम्बु हात्ती आतंकबारे बेखबर छन् ।

केही दिन अघि कुमालले मेयर लिम्बुको दशैं खानपिनको तस्बिर फेसबुकमा हालेपछि मात्रै नगरपालिकाले पीडितलाई खाद्यान्न दिएको थियो । मेयर लिम्बुले दशै खानपिनका तस्बिरलाई फेसबुकबाट सार्वजनिक गरेका थिए ।

कुमालले स्थानीय सरकार, प्रदेश सरकार तथा संघिय सरकारले चम्फा सार्की लगायत पीडितको घर निमार्ण तथा पुनः निमार्णमा वेवास्ता गरेकाले देश विदेशमा रहेका सबैसित सहयोगको आग्रह गरिएको बताए ।

कुमालसंगै अभियानमा सक्रिय सामाजिक अभियन्ता गोबिन्द राजले स्थानीयका पीडामा राज्य टुलुटुलु हेरेर बसेपछि आफूहरु लागेको बताए । बडुवाल टोललाई मेयर लिम्बु सहित कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखक र दोधारा चाँदनीका सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले समेत वेवास्ता गर्दै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...