ghar sansar

हात्तीको बथान बस्तीमा पसेपछि शुक्लाफाँटामा सामुदायिक वन प्रवेश रोक

khasi

महेन्द्रनगर । जङ्गली हात्तीको आवागमन बढेपछि कञ्चनपुरका वनमा प्रवेश गर्न रोक लगाएको छ। मानवीय क्षति हुन नदिनका लागि वन प्रवेशमा रोक लगाइएको हो ।

जङ्गली हात्तीको ३० देखि ३५ को सङ्ख्यामा रहेको बथानले वन क्षेत्रसँगै नजिकका बस्तीमा ओहोरदोहोर गर्दै आएकाले वन क्षेत्र प्रवेशमा रोक लगाएको बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुरसिंह महराले बताए ।

dirghayi clinic

‘घाँस, दाउरा, गाईगोरु, बाख्रा चराउन वन क्षेत्रमा जान निषेध गरेका छौँ’, उनले भने, ‘सामुदायिक वन क्षेत्र भएर हिँड्ने बटुवालाई बाटो प्रयोग नगर्नका लागि भनेका छौँ।’

प्रजननका बेला हात्ती आक्रामक हुने भएकाले वन क्षेत्र प्रवेश रोक्नका लागि सार्वजनिक सूचना जारी गरिएको उनले बताए । हात्ती हिँड्ने बाटामा सिसीटिभी क्यामेरा जडान गरी निगरानी राख्ने कामसमेत भइरहेको उनले बताए ।

दुधुवाबाट चुरेसम्म हिँड्ने हात्तीको करिडोर बचाउन र अतिक्रमण हटाई त्यसमा बसेका बासिन्दालाई अन्यत्र पुनःस्थापन गरिनुपर्ने उनको भनाइ छ । यस्तो गरिए मानवीय र भौतिक क्षतिलाई कम गर्न सकिन्छ ।

प्रत्येक हात्तीको बथानमा पुरानो हात्ती पनि रहने गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अबस्थीले बताए ।

Himal dental
सम्बन्धित
Loading...