
महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका वडा नं. ३ मा आइतबार साँझ जीपको ठक्करबाट स्थानीय ६३ वर्षीय मानबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
आइतबार साँझ पौने ८ः०० बजे धनगढी–कञ्चनपुर सडक खण्डको कान्छि बजार नजिकै पैदल हिँडिरहेका तामाङलाई म १ च ४१५ नम्बरको जीपले ठक्कर दिएको थियो ।

जीपको ठक्करबाट तामाङ्गको घट्ना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डांगीले बताए ।
ठक्कर दिने जिप र चालक इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धि थप अनुसन्धान सुरु गरिएको छ ।
