बैतडीमा कपडा सिलाउन घरबाट हिँडेका ओझा मृत भेटिए

lotus institute

महेन्द्रनगर । बैतडीको मेलौलीमा सोमबार दिउँसो एक युवक मृत अवस्थामा फेला परेका छन । मेलौली नगरपालिका–७ ओझागाउँका अन्दाजी ३८ बर्षीय लोकेन्द्र ओझा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

Mahendranagar

गाउँकोट कपडा सिलाउन जान्छु भनि हिँडेका ओझाको शब मेलौली नगरपालिका ७ को मङ्गराउ भन्ने स्थानमा फेला परेको हो। सडकबाट करीब ५ मिटर तल उनले शव फेला परेको प्रहरीले जनाएको छ ।

morning glory

ओझाको मृत्युको कारण भने खुलेको छैनन् । घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटना स्थलतर्फ गएको जनाईएको छ । मृत फेला परेका ओझा अपांगता भएका व्यक्ति रहेको बुझिएको छ ।

saark school
सम्बन्धित
Loading...