कञ्चनपुरमा भीमदत्त र बेलौरीबाट ४२ जुवाडे पक्राउ

महेन्द्रनगर । प्रहरीले तिहारमा जुवा खेलि रहेको अवस्थामा कञ्चनपुरबाट ४२ जना पक्राउ गरेको छ । उनीहरु भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाबाट पक्राउ गरिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका १७ बाँसखेडामा मात्रै २८ जना पक्राउ गरिएका छन् ।

भीमदत्त नगरपालिका १७ बाँसखेडास्थित भीम बहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार२८ जनालाई पक्राउ गरिएको छ । उनीहरुमा भीनपा १८ का ४० वर्षीय ईन्द्र पाठक लगायतका छ । प्रहरीले जुवाखालबाट २ लाख ५८ हजार ६ सय ९४ रूपैयाँ र २ सय ८ पत्ती तास बरामद गरेको छ ।

भीनपा १६ मझगाउँस्थित मनोज धानुकको मनोज रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भीनपा १४ का ३८ वर्षीय दिनेश खत्री सहित ६ जना पक्राउ गरिएका छन् । प्रहरीले जुवा खालबाट २५ हजार ४ सय रुपैँष सहित ५ गड्डी तास बरामद गरेको छ ।

बेलौरी नगरपालिका–६ दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको मंगलबार विहान ८ जनालाई पक्राउ गरिएको छ । उनीहरुमा बेलौरीका ३६ वर्षीय राम बहादुर राना लगायतका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले २२ हजार ४० रुपैयाँ नगद र एक गड्डी तास सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित
Loading...