ghar sansar

भूकम्प पीडितका घर पुनः निर्माणमा खटिएका क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता नै विरामी

महेन्द्रनगर । जाजरकोटमा भूकम्प पीडितका घर पुनः निर्माणमा खटिएका क्रान्तिकारी कम्युनिष्ट पार्टीका युवा नेता दिपेन्द्र सिह ऐरी विरामी भएका छन् । जाजरकोटका भूकम्प पीडितलाई सहयोगका लागि सुदूरपश्चिमबाट ऐरी नेतृत्वको टोली कार्तिक २४ गते जाजरकोट पुगेको थियो ।

जाजरकोटमा पुगेपछि ऐरी नेतृत्वका टोलीले भूकम्पले भत्काएका घरहरुको पुनः निर्माण सुरु गरेको थियो । घर पुनः निर्माणका क्रममा ऐरीको नशा च्यापिएर काम गर्न नसक्ने भएका छन् । उनी अहिले आराम गरि रहेका छन् ।

भीमदत्त नगरपालिका १० तिल्केनीका ऐरी सहितको टोलीले विहानदेखि साँझसम्म पीडितका घर बनाउन खटिएको थियो । नशा च्यापिएर समस्या भएपछि आराम गरि रहेका उनले चिकित्सकको सल्लाह लिएर औषधि सेवन गरि रहेको बताएका छन् ।

जाजरकोटमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले घर पुनः निर्माण बाहेक पीडित वासिन्दाका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नं. प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने “दिपक” नेतृत्वको टोलीले जिल्ला स्वास्थ्य कार्यालउय जाजरकोट पुगेर झण्डै तीन लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको ऐरीले बताए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल ६ नं. प्रदेश समिति संयोजक संगम, क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष हरिश भट्ट जाजरकोट जिल्ला ईन्चार्ज अनन्त लगायतका नेता कार्यकर्ता हस्तान्तरण कार्यक्रममा सहभागी भए ।

गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा जाजरकोट र पश्चिम रुकुममा ठूलो जनधनको क्षति भएको छ । ती दुबै जिल्लामा डेढ सयब बढीको मृत्यु र चार सय जना घाइते भएका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता ऐरी भूकम्पबाट पीडितहरु चिसोका कारण दैनिक रुपमा विरामी पर्ने गरेको बताए ।

Himal dental
सम्बन्धित
Loading...