गोठमा आगो लागेर शुक्लाफाँटामा दुई परिवारको तीन लाखको नोक्सान

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–१० टोटी पुलेलीमा आगलागीबाट दुई परिवारको तीन लाख बराबरको नोक्सान भएको छ । स्थानीय रमेश कामी र तिर्थ कामीको गोठ, भान्सा र पराल जलेर नोक्सान भएको छ ।

स्थानीय रमेश कामीको भान्सा घरसँगै जोडिएको गोठमा बुधबार दिउँसो आगो लागेको थियो । आगलागीबाट उनको गोठ र भान्सा दुबै जलेको छ । छिमेकी तिर्थको परालमा आगो सल्किएर नोक्सान भएको छ ।

प्रहरीले ती दुबै परिवारको तीन लाख रुपैँया बराबरको क्षति भएको बताएको छ ।

सम्बन्धित
Loading...