ghar sansar

यसरी पढ्न सकिन्छ नेपालमै एक्चुअरियल साइन्स

little buddha academy
khasi

धनगढी । ‘एक्चुअरियल साइन्स’ विषय नेपालमा लोकप्रिय बन्दै गएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत गणित बिज्ञान स्कुल बल्खुका कार्यक्रम संयोजक केशवराज फुलाराले धनगढीमा शनिबार पत्रकार सम्मेलन गरेर उक्त कुरा बताएका हुन् ।

उनले भने ,’ भविष्यमा आउने जोखिम व्यवस्थापन गर्ने वा रणनीति बनाउने विशेषज्ञ नै एक्चुअरी हो। विश्वमै उत्कृष्ट पेशाको रुपमा लिइने एक्चुअरीको संख्या नेपालमा भने शून्य अवस्थामा रहेको छ ।’

,orning glory badhai

एकातिर एक्चुरीको अभावले नेपालका बीमा कम्पनीहरुले समयमा प्रतिवेदन तयार गर्न सकेका छैनन भने अर्कोतिर एनएफआरएस प्रणालीमा प्रतिवेदन निकाल्नु पर्ने र विगतभन्दा चुक्ता पूँजी कोष समेत बृद्धि भएकाले बैंक तथा बीमा कम्पनीहरुमा एक्चुअरीको अभाव हुन थालेको फुलाराले बताए ।

बीमा व्यवसायमा बीमालेख तयार पार्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा दायित्वको अवस्थाको मूल्याङ्कन, बीमितलाई प्रदान गर्नुपर्ने बोनसदर निर्धारण गर्न एक्चुअरीको आवश्यकता पर्ने गरेको कार्यक्रम संयोजक फुलाराले बताए ।

उनका अनुसार बीमांकीय मुल्यांकन जीवन बीमा कम्पनीहरुको लागि अपरिहार्य रहेको छ भने निर्जिबन बीमामा समेत यसको आवश्यकता पर्दछ । बीमा बाहेक बैंक, सञ्चयकोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका साथै लगानी व्यवस्थापन गर्ने निकायमा समेत यसको आवश्यकता पर्दछ ।

नेपालमा पठनपाठन

नेपालमा पहिलो पटक गणित विज्ञान स्कुलले २०७३ सालदेखी एक्चुअरीयल साईन्स विषयको पठनपाठन शुरु गरेको छ । यस स्कुलबाट पास आउट भएका विद्यार्थीहरु मध्य केही उच्च शिक्षा हासिलका लागि अमेरीका, यूरोप, अष्ट्रेलिया र धेरैजसो विद्यार्थीहरु नेपाल तथा भारतका विभिन्न कम्पनीहरुमा कार्यरत रहेको फुलाराको तर्क रहेको छ ।

कक्षा १२ को नतिजा प्रकाशन पश्चात त्रिभुवन विश्वविद्यालय अन्तर्गत गणित विज्ञान स्कूलले संचालन गरेको एक्चुअरीयल साईन्स कार्यक्रम पनि विद्यार्थीहरुका लागि राम्रो गन्तव्य बन्न थालेको छ । विभिन्न अनुसन्धान अनुसार विश्वमै उत्कृष्ट एंव जागीरको लागि समेत एक÷दुई नम्बरमा आउन सफल एक्चुअरीयल साईन्सको माग समेत दिनाप्रतिदिन बढ्दै गइरहेकोछ । नेपालको एकमात्रै ठाँउमा अध्यापन गराइने यो कोर्षको वारेमा धेरै विद्यार्थीहरु तथा अभिभावकहरु अनभिज्ञ भएकोले जानकारीको लागि यो समाचार तयार पारिएको छ ।

न्यूनतम योग्यता : 

dirghayi clinic

कक्षा १२ वा सो सरहको परीक्षामा जुन सुकै संकायवाट १०० पूर्णाङ्कको गणित वा वाणिज्य गणित अध्ययन गरी द्वितिय श्रेणी वा हरेक विषयमा अन्तिम ग्रेड ऋ ल्याएका विद्यार्थीहरुले भदौ ४ गते देखी २६ गते सम्म (Actrial Science) वाट अनलाईन फारम भर्न सक्नेछन् । फारम भर्दा क्भ्भ् र १२ कक्षाको मार्कसिट, एकप्रति रंगिन फोटो सहित प्रवेश परीक्षा वापतको रकम रु. दुई हजार स्कूलको खातामा जम्मा गरेको भौचर अपलोड गर्नुपर्नेछ । आवेदन स्वीकृत भएपश्चात इमेलवाट जानकारी गराइनेछ ।

प्रवेश परीक्षा : 

प्रवेश परीक्षा अन्तर्गत तीन चरणको जाँच लिइनेछ । पहिलो चरणमा आवेदन दिएका सम्पूर्ण विद्यार्थीहलाई ८० पूर्णाङ्कको लिखित परीक्षामा सामेल गराइनेछ । जसमा कक्षा १२ वा सो सरहको गणित वा वाणिज्य गणितको ४० पूर्णाङ्कको ४० ओटा, अङ्ग्रेजी विषयको २० पूर्णाङ्कको २० ओटा र २० पूर्णाङ्कको २० ओटा सामान्य ज्ञानको गरी ८० ओटा वहुवैकल्पिक प्रश्नहरुको १ घण्टा ४५ मिनेटको लिखित परीक्षा संचालन गरिनेछ । लिखित परीक्षा उत्तिर्ण भएका विद्यार्थीहरुको १० पूर्णाङ्कको अन्तर्वाता र १० पूर्णाङ्कको शैक्षिक योग्यता वापतको मुल्याङ्कन गरिन्छ । तीनओटै परीक्षाको तालिकीकरण गरी १०० पूर्णाङ्कको मेरिट लिस्ट तयार गरिन्छ । स्कुलले त्रि.वि. सेमेष्टर प्रणाली संचालन विनियम २०७४ अनुसार निर्धारित ४० जनाको सिटमा ८०५ (३२ जना) खुल्लावाट र २०५ (८ जना) समावेशी कोटाको आधारमा भर्ना गरिन्छ ।

छात्रवृत्ति :

यो कोर्ष पुरा गर्न ८ सेमेष्टरको मोटामोटी पाँच लाख पचास हजार शुल्क लाग्छ । केही रकम भर्ना गर्दा र बाँकी रकम हरेक सेमेष्टरको शुरुमा नै किस्तावन्दि रुपमा तिर्नुपर्छ । छात्रवृत्ति विज्ञान तथा प्रविधि अध्ययन संस्थान, त्रि.वि.को “ छात्रवृत्ति सम्बन्धि कार्य निर्देशिका २०७९” अनुसार दिईनेछ । उत्कृष्ट नतिजा प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रा लाई जेहेन्दार छात्रवृत्ति दिईनेछ र १० प्रतिशत विद्याथीहरुलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ ।

मुल्याङ्कन :

सेमेष्टर प्रणाली अनुसार अध्यापन गराइने यो कोर्षको ४०५ आन्तरीक र ६०५ बाह्य मुल्याङ्कनका आधारमा गरिन्छ।३० पूर्णाङ्कको आन्तरीक मुल्याङ्कन गरीन्छ र ४५ पूर्णाङ्कको सेमेष्टरको अन्तिम परीक्षा विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले लिने गर्छ ।

शैक्षिक पात्रो : 

सेमेष्टरको शुरुमा भर्ना हुने वित्तिकै सम्बन्धित विद्यार्थीहरुलाई एकाडेमिक क्यालिन्डर (शैक्षिक पात्रो) दिइनेछ । सम्पूर्ण शैक्षिक गतिविधिहरु सोही पात्रो अनुसार संचालन गरिनेछ । अन्य कुरा यथावत रहेमा ४ वर्षको कोर्षको कार्यक्रम ठिक चार वर्ष भित्रमै विद्यार्थीहरुले उक्त लेवलको प्रमाणपत्र पाइसक्नेछन् ।

हरेक सेमेष्टरको अन्तिममा लिएको जाँचको नतिजा समेत बढिमा एक महिना भित्रै प्रकाशन भइसक्नेछ । कोभिडको कारणले पनि यस स्कूलमा संञ्चालित कुनै पनि कार्यक्रम ५ महिनाभन्दा ढिलो भएकोछैन । समयमा भर्ना, समयमै कक्षा, समयमै परीक्षा र समयमै नतिजा निकाल्नु यस स्कूलको लक्ष्य रहेकोछ ।

Himal dental
सम्बन्धित
Loading...