
डिल्लीराज पन्त
महेन्द्रनगर । आराध्यदेव सूर्यको आराधना गरी मनाइने महान् पर्व छठ आईतवार तराईका जिल्ला लगायत विभिन्न जिल्लामा धुमधामसंग मनाईदैछ ।
विशेषगरी सूर्यको उपासना र आराधना गरी मनाइने यो पर्व दशै–तिहार पछिको प्रमुख चाडपर्वका रुपमा लिने गरिन्छ । छठ पर्व पछिल्लो समयम पहाडी मूलका वासिन्दाको बाहुल्यता रहेको सुदुर् पश्चिम को कञ्चनपुर र कैलालीमा समेत मनाईदै आएको छ ।
महाकाली सिँचाईको नहर किनारमा र मोहना नदी किनारमा पूजास्थल निर्माण गरी उनीहरुले पुजा आराधना गरेका छन् । पुजा स्थलमा नहर तथा नदिलाई केरा, उखु , फुल,ध्वजा पताका ले सजाएर झकिझकाउ बनाई हर्षोउल्लासका साथ छठ पर्व मनाएका छन् ।
छठ पर्वमा केही वर्षअघि सम्म तराईका केही जिल्लामा मात्र सीमित यो पर्व अहिले राजधानी लगायत देशका अन्य जिल्लामा समेत धूमधामसंग मनाईने र विशेष गरी मधेसी समुदायले मनाउने यो पर्व अचेल पहाडी समुदायका मानिसहरु समेत उल्लेख्य सहभागी हुदै आएका मधेसी समुदायका अगुवा हरि ठाकुरले बताए ।
तीन दिनसम्म निराहार ब्रत वसी नदी तथा तलाउमा गई सुर्य भगवानलाई अर्घ दिई छठ माताको पुजा अर्चना गर्नाले पारिवारिक शुख शान्ति प्राप्त हुने र दुःख कलेश समेत हट्ने धार्मिक मान्यता रहँदै आएको बैतालु महिला बताउँछन् ।
विभिन्न काम तथा व्यवसाय गरी बसेका तथा स्थायी रुपमा कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका तराईबासीहरूले आईतबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर धुमधामसंग छठ पर्व मनाएका र स्थानिय सरकारले मधेशी समुदायले मनाउने छठ पर्वका लागि सक्दो सहयोग गर्ने तथा उपयुक्त स्थान तोकी पूजा घाटका लागि छिट्टै पहल थाल्ने भीमदत्त नगरपालिका– ६ का वडा अध्यक्ष महेन्द्र खड्काले बताए ।
छठ पर्व पछिल्लो समयम पहाडी मूलका बासिन्दाको बाहुल्यता रहेको सुदूरपश्चिमको कञ्चनपुर र कैलालीमा समेत मनाईदै आएकाले उनीहरुको परम्परागत तथा धार्मिक मान्यता बोकेको छठ पर्वको पहिचान जोगाई राख्न समेत अन्य समुदायले समेत सहभागिता हुनु पर्ने सरोकारवाला बताउँछन् ।
