
महेन्द्रनगर । शुक्लाफाँटामा महिलामाथि चक्कु प्रहार गरिएको छ । शुक्लाफाँटा नगरपालिका ७ स्थित शान्तिपुरमा सोमबार विहान घर नजिकै ४८ वर्षीया जानकी देवी भण्डारीमाथि चक्कु प्रहार भएको हो ।
बोटोमा हिँडिरहेको बेला उनको पिठ्युमा चक्कु प्रहार भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाले बताए। उनको झलारीमा उपचार हुन नसकेपछि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको छ ।
भण्डारीको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । चक्कु प्रहार गर्ने सोही ठाउँका ५५ वर्षीय मंगल बोहरा फरार रहेका छन् । उनको खोजि कार्य भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।
