
महेन्द्रनगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ सुडामा सोमबार सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भीमदत्त नगरपालिका ९ मटेनाका ४८ वर्षिय तारासिंह कार्की छन् ।
घरायशी कामले सोमबार विहान स्कुटरमा चढेर झलारी जाने क्रममा कार्की सडक दुर्घटनामा परेको छ । महेन्द्रनगरबाट झलारी जाँदै गरेका कार्कीलाई सुडामा विपरित दिशाबाट आई रहेको मोटरसाइकले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करपछि सडकमा लडेका कार्कीलाई लगत्तै महेन्द्रनगरतर्फ आई रहेको ट्रयाक्टरले किचेर दिएपछि उनको घट्ना स्थलमा मृत्यु भएको हो ।
कार्कीलाई सवारी स्कुटरलाई ठक्कर दिने मोटरसाइकल र ट्रयाक्टर दुबै चालक सहित प्रहरी नियन्त्रणमा आएका छन् । कार्कीलाई ठक्कर दिएपछि ती दुबै सवारीका चालक फरार भएका थिए ।
सुरुमा कार्कीको मृत्यु मोटरसाइकलको ठक्करले भएको भन्दै प्रहरीले चालकलाई पक्राउ गरेको थियो । महाकाली प्रादेशिक अस्पतालमा कार्कीको शव पोष्ट मार्टमपछि ट्रयाक्टर नियन्त्रणमा लिइएको हो । प्रत्यक्षदर्शीहरुले कार्कीलाई सडकमा किचेपछि ट्रयाक्टर चालक तीव्र गतिमा चलाएर फरार भएका थिए । प्रहरीले सिसिटिभी फुटेजका आधारमा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो ।
मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार म२प ७४५६ नम्बरको मोटरसाईकल र सूप प्र ०२००४१ प २७०० नम्बरको स्कुटर एक आपसमा ठोकिएका हुन् । कार्की स्कुटरमा सवार थिए ।
