ghar sansar

मजदुरीका लागि भारत जाने नेपालीलाई कमाई सुरक्षित घर पठाउन दिँदैछ सीमा नाकामा सचेतना

little buddha academy
khasi

डिल्लीराज पन्त
महेन्द्रनगर । कामका लागि भारत गएका नेपाली मजदुरलाई बैंक मार्फत रकम पठाउनेबारे सीमा क्षेत्रमा सचेतना गराईएको छ । ईण्डो –नेपाल आईएमई सेवाले पश्चिमी नाका गड्डाचौकीमा सहायता केन्द्र स्थापना गरी सचेतना दिन थालेको हो ।

ईण्डो नेपाल आईएमई सेवाले गड्डाचौकी सहित देशभरकी विभिन्न चार नाकाबाट सेवा प्रवाहित गरिएको बताइएको छ । आईएमई भारत व्यापार प्रमुख हिमान्सु लेखकले कामका लागि भारत जाने नेपाली मजदुरले भारतमा कमाएको रकम सुरक्षित नेपाल पठाउने विषयमा सचेतना गराईएको छ ।

,orning glory badhai

अनुुसार भैरबाह, रुपडिया, गौरीफन्डा गड्डाचौकी नाकामा सहायता केन्द्र राखेर भारत जाने मजदुरलाई घरमा सुरक्षित रकम पठाउने बारे जानकारी गराईरहेको बताए ।

विभिन्न समयमा रोजगारीका लागि भारत जाने ग्रामिण क्षेत्रका नेपालीहरुलाई बैक मार्फत पैसा पठाउने वारे जानकारी नहुदा बेला बेलामा समस्यामा परेका हुन्छन ।

dirghayi clinic

पछिल्लो सिमा क्षेत्रमा भारतिय ५ सय र २ हजारका नोटहरु ल्याउन कडाई गरेपछि श्रम गरेर ल्याएको पैसा भारतिय सुरक्षाकर्मिहरुले नियन्त्रणमा लिने गरेपछि उनीहरु भ्mनै समस्यामा पर्ने गरेका ले समेत आफुहरुले भारतमा कमाएको रकम सुरक्षित पठाउने बारे गड्डाचौकी नाकामा भारत जाने नेपालीहरुलाई परामर्श दिने उद्देश्यले सहायता केन्द्र स्थापना गरिएको आईएमई शाखा गुजरात का कार्यकारी अधिकृत बेद बहादुर कार्र्कीले बताए ।

आधिकारिक बैकिङ प्रणली को प्रयोग गरी पैसा पठाउदा रकम सुरक्षित सम्वन्धित पक्ष संग त पुग्छ नै सरकारलाई समेत उचित रेमिट्यान्स डाटा प्राप्त गर्न सहज हुन जान्छ ।

भारत जाने नेपालिहरुले आफुहरुले काम गरेको पैसा खलतिमै वोक्दा लुटपाट हुने र ज्यानै समेत जोखिममा पर्न सक्ने भएकाले काम गरेकै स्थान वाट नेपालमा घर परिवारलाई पैसा पठाउन ईण्डो–नेपाल आईएमई जस्ता बैंकिङ सेवाका कारण सहज हुने रोजगारिका लागि भारत जाने गरेको केशव विष्टले बताए ।

    

Himal dental
सम्बन्धित
Loading...