ghar sansar

नारुदेबी जोशी हत्या प्रकरण : पत्रकार सम्मेलनमा अभियुक्तलाई बोल्न लगाई सकेपछि बिचमै रोकेर लगियो बाहिर

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालयमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्लाफाँटा नगरपालिका– ७ शान्तिपुरकी ६५ वर्षीया नारुदेवी जोशीको हत्याका अभियुक्त सार्वजनिक गरिएका महेश डगौरा सजाय कम हुने आशमा हत्या स्वीकार गरेको बताएका छन् । उनले पत्रकार सम्मेलनमा नारु देवीको हत्या आफूले नगरी उनलाई मृत अवस्थामा भेटेको बताएका हुन् ।

इलाका प्रहरी कार्यालय झलारीले हत्या स्वीकार गरे सजाय कम हुन्छ भन्दै आफूलाई हत्या स्वीकार गर्न लगाएको बताए । पत्रकार सम्मेलनमा उनले बोल्न थालेपछि तत्काल प्रहरी उपरीक्षक कमल थापाले उनलाई बाहिर लैजान निर्देशन दिएका छन् ।

,orning glory badhai

शुक्लाफाँटा नगरपालिका– ७ की जोशीको गत कार्तिक १९ गते घ रनजिकैको वातावरण मध्यवर्ती सामुदायिक वनमा शव भेटिएको थियो । जोशीको शव भेटिएपछि अनुसन्धान थालेको प्रहरीले स्थानीय १९ वर्षिय डर्गैरालाई हत्या अभियुक्त पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

प्रहरीले पक्राउ परेका डगौरा लागु औषध सेवनकर्ता भएको र उनले गहनाका लागि जोशीका हत्या गरेको निष्कर्षमा पुगेर अनुसन्धान अघि बढाई रहेको छ ।

पत्रकार सम्मेलनमा डगौराले मृत अवस्थामा देखेको भनेपछि प्रहरी अनुसन्धान शंकाको घेरामा तानिएको छ । प्रहरीसित हत्या स्वीकार गरी सार्वजनिक गरिएका डगौरालाई बोल्न बन्द गरी बाहिर पठाएपछि घट्ना थप शंकास्पद बन्न पुगेको छ ।

त गर्यो । नारुदेवीको हत्या गरेकै दिन महेश डगौराले दुई सय ५० रुपैयाँका लागि एक भारतीय नागरिकलाई समेत लुटपाट गरेका थिए। त्यसअघि १४ कात्तिकमा उनले झलारीका महेश भट्टको साइकल चोरेको प्रहरीले जनाएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कंचनपुरले पत्रकार सम्मेलन गर्दै शङ्कित व्यक्तिलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा साइकल चोरी र भारतीय नागरिकलाई लुटपाटमा संलग्न महेश डगौराले नै नारुदेवीको हत्या गरेको स्वीकार गरेको बताए ।

dirghayi clinic

डगौरा लागुऔषध दुर्व्यसनीमा समेत रहेको एसपी थापाले बताए । एसपी थापाका अनुसार डगौराले घाँस काट्न सघाइदिने भन्दै एक्लै जंगल गएकी नारुदेवीको पिछा गरेका थिए । नारुदेवीले लगाएका गहना सक्कली वा नक्कली हो भन्ने सोधपुछपछि यकिन गरेर घाँटी च्यापेर हत्या गरेको उनले स्वीकार गरेको एसपी थापाले बताए।

वृद्धाको हत्यापछि लुटपाट गरेको सुन बिक्रीका लागि महेश कैलालीको धनगढी गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। ‘हत्या गरेकै दिन महेशले बोराडाँडी भाटभटेनीनजिक एलएक्स क्लबका सञ्चालक कैलाली गाउँका लक्ष्मण चौधरीको डेरामा गएर सुन बिक्रीका लागि छलफल गरेको देखिन्छ,’ एसपी थापाले भने, ‘कान र नाकमा लगाएका तीन थान गहना तीन पसलमा बेचेको देखियो ।’

महेश २० कात्तिकमै धनगढीदेखि नेपालगन्ज हुँदै मुम्बई बेंग्लोर भागेका थिए। प्रहरीले विभिन्न व्यक्तिसँग समन्वय गरेर भारतमा भागेका महेशलाई बोलाएर १ मंसिरमा पक्राउ गरेको थियो।

सुन बेचबिखनमा संलग्न भएका लक्ष्मण चौधरीसँग सोधपुछ गर्दा धनगढीस्थित इन्द्र बराल (सुनार)ले सञ्चालन गरेको न्यु बर्दादेवी सुनचाँदी पसल, खगेन्द्रबहादुर सोबले सञ्चालन गरेको दिया सुनचाँदी पसल र दीपेन्द्र सिजापतीले सञ्चालन गरेको सुजल सुनचाँदी पसलमा बिक्री गरेको खुलेको छ ।

सुन बिक्रीका लागि डगौराले सहकर्मी लक्ष्मण चौधरी र नीरज भट्टलाई पठाएको पाइएको छ। चौधरीले नीरज भट्टलाई सुन बिक्रीका लागि तीनै पसलमा लगेका थिए। तीनै पसलमा गरी ४६ हजारको सुन बेचेको प्रहरी अनुसन्धानले देखाएको छ ।

हत्यापछि १.५० आनाको फुली, १.६९ आनाको मुन्द्रा र २.७०० आनाको अर्के मुन्द्रा लुटपाट भएको थियो।सुनचाँदी पसलधनीहरूले लक्ष्मण चौधरी र नीरज भट्टले आफूहरूसँग श्रीमती बिरामी भएकाले इमर्जेन्सीमा सुन बेच्न आग्रह गरेपछि किनिदिएको बताएका छन् ।

नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बेच्न जाने लक्ष्मण चौधरी, नीरज भट्ट र सुन किन्ने इन्द्रबहादुर बराल, खगेन्द्र सोब र दीपेन्द्र सिजापतीलाई बिहीबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनकै क्रममा नारुदेविको हत्याको आरोपमा पक्राउ परेका महेश डगौराले जोशीलाई आफुले मृत अवस्थामा फेला पारेको बताइरहेका थिए ।

डगौराले इप्रका झलारीका प्रहरीले आफुले हत्या गरेको स्वीकार गरे सजाय कम हुन्छ भन्दै हत्या गरेको स्वीकार गर्न लगाएको बताए । उनले यस्तो भन्दै गर्दा एसपी थापाले उनलाई बाहिर लग्न प्रहरी अधिकृतलाई भने ।

Himal dental
सम्बन्धित
Loading...