ghar sansar

भीमदत्त पन्तको शालिक तोडफोड गर्ने नेता कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

khasi

महेन्द्रनगर । भीम वाटिका(स्थानीय पार्क) स्थित सहिद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई निशर्त रिहाईको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अनिश्चितकालीन कञ्चनपुर बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीयले प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरूले पार्कमा रहेको शालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नाम समेत मेटेका थिए ।

dirghayi clinic

पार्टीको भातृ संगठनले राज्यको भ्रष्टाचार र व्यतिथिका विरूद्ध विभिन्न चरणकाका शान्तिपूर्ण कार्यक्रम को आयोजना गरेको पहिलो दिनमै राप्रपाका १८ जना नेता कार्यकर्ताहरू लाई धरपकड गरि प्रहरी हिरासतमा राख्ने गैर लोकतान्त्रिक अभ्यासप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।

’ पार्टीका नेता कार्यकर्ताहरू निशर्त रिहाई नहुन्जेलसम्म कञ्चनपुर पुर्ण रूपमा अनिश्चितकाल बन्द गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताए ।

उनले यसबाट यातायात र व्यापार व्यवसायमा पर्ने असुविधा प्रति दुःख व्यक्त गर्दै बन्दको कार्यक्रमलाई सहयोग गरिदिन आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले शालिक तोडफोडमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...