
महेन्द्रनगर । मानव बेचबिखन, ओसारपसार नियन्त्रण गर्न नेपाल र भारतका सरकारी र गैरसरकारी क्षेत्रबाट प्रतिवद्धता ब्यक्त गरेका छन् । नेपाल र भारतका सरकारी तथा नागरिक संघसंस्थाकाको सहभागितामा बिहीबार महेन्द्रनगरमा आयोजित ‘मानव बेचबिखन नियन्त्रणकालागि सीमानाकाका सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम’ मा दुवै देशका सरोकारवालाले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अथिति तथा भिमदत्त नगरपालिकाका उप–प्रमुख निलम लेखक जोशीले ‘मानव बेचबिखन तथा ओसारपसार जघन्य अपराध भएको बताईन् । ‘मानव बेचबिखनले बिकराल रुप लिदै गइरहेको छ, यसलाई नियन्त्रण र रोकथाम गर्नु दुवै देशका सरकार र नागरिकको साझा दायित्व रहेको बताउदै उनले भनिन ‘अव सवै जागरुक र सचेत हुनु आवश्यक छ’ ।
‘स्थानिय सरकारले पनि मानव बेचबिखन बिरुद्ध अभियान चलाउन पहल गरिरहेको बताउदै उनले अगाढी भनिन ‘स्थानिय संघसंस्थासंगको समन्वय र सहकार्यमा ग्रामिण बस्तीमा मानव बेचबिखन बिरुद्ध जनचेतना अभिबृद्धि अभियान चलाईने छ’ ।
कार्यक्रमका बिशिष्ठ अथिति तथा निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मानव बेचबिखन बिरुद्ध सरकारी र गैरसरकारी क्षेत्रबाट प्रशस्त प्रयास भईरहेको भएपनि प्रभावकारी नभएको बताए, उनले भने ‘सरकार मानव बेचबिखन नियन्त्रण गर्न कटिवद्ध छ ।
संघसंस्थाहरु पनि जनचेतना जगाउँदै सिमामा निगरानी बढाईरहेका छन, फेरीपनि बेचबिखनका घट्नाहरु आईरहेका छन । उनले भने ‘मानव बेचबिखन बिरुद्धको अभियान बास्तविक योजना, असल कार्यन्वयन र प्रभावकारी समन्वय र सहकार्यले मात्र सफल हुने बताए ।
आफन्त नेपालका अध्यक्ष मोहन चम्लागाईको अध्यक्षता तथा भिमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीको प्रमुख आथित्व तथा निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको बिशिष्ठ आथित्वमा सम्पन्न भएको कार्यक्रमा सशस्त्र प्रहरी बल नेपालका एसपी प्रेम बहादुर रावल, डिएसपी सुदन आचार्य, नेपाल प्रहरीका ईन्सपेक्टर याम बहादुर मल्ल लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका जुनियर अधिकृत तथा जवान सहभागी भएका छन् ।
त्यसैगरी इण्डियाको तर्फबाट एण्टी ह्युमन ट्रयाफिकिङ्ग, उत्तराखण्ड प्रहरीकंका सव ईन्सपेक्टर साबित्री सैला, हेड कन्सटेबल राम सिंह, कन्सटेबल जगदिश चन्द्र, कन्सटेबल मनोज कुमार, कन्सटेबल सुनिता चन्द, लगायत बाल कल्याण समिति चम्पावतका सदस्य द्धय मनोज तिवारी र राजु गडकोटी, अपार संस्था टनकपुरका म्यानेजर सोनी थापा र सहजकर्ता पृती, रिड्सका संयोजक प्रकाश चन्द र डिसीपियु का दिपक सिंहको सहभागी भए ।
कार्यक्रममा नेपाल र भारतमा मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधि सहभागी भएका छन् ।
नेपाल र भारतका सरकारी तथा नागरिक संघसंस्थाहरुको सहभागितामा ‘मानव बेचबिखन, ओसारपसार नियन्त्रण गर्न तथा सिमापार समन्वय र सहकार्यलाई प्रभावकारी र सहज बनाउन’ अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।
एटविनका अध्यक्ष तारा भण्डारी समेत उपस्थित कार्यक्रममा एटविकका कार्यकारी निर्देशक बेनुमाया गुरुङ्ग र आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले सहजीकरण गरेका थिए ।
