ghar sansar

राप्रपाको कञ्चनपुर बन्दको असर महेन्द्रनगर बजारमा

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले आफ्नो नेता कार्यकर्ता पक्राउको विरोधमा विहानदेखि बन्द गरेको बन्दको असर महेन्द्रनगर बजारमा परेको छ । बजार क्षेत्र पूर्ण रुपमा सञ्चालन भएको छैन ।

daimond public

सडकमा सार्वजनिक सवारीका साधन आशिक रुपमा सञ्चालन गरिएका छन् । गणतन्त्र विरुद्ध शुत्रबार गरिएको विरोध सभा नाम दिइएको आन्दोलनमा सहभागी राप्रपाका नेता कार्यकर्ताले भीमदत्त पन्तको शालिक तोडफोड गरेपछि १८ जना पक्राउ गरिएका छन् । नेता कार्यकर्ता पक्राउ विरुद्ध राप्रपाले शुक्रबार अनिश्चितकालिन कञ्चनपुर बन्द घोषणा गरेको थियो ।

lotus institite

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएपछि राप्रपा कञ्चनपुरले उनीहरूको निःशर्त रिहाइको माग गर्दै बजार बन्द गराएको हो । शनिबार बिहान एक समूहले बजारका सबै पसल व्यवसाय बन्द गराएको बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...