ghar sansar

भीमदत्त पन्तको शालिक तोडफोडलाई लज्जास्पद घट्ना भन्दै एमालेका जन वर्गिय संगठनले गरे संलग्नलाई कारवाही माग

dirghayu ad

महेन्द्रनगर । नेकपा एमालेका जनवर्गीय संगठनहरुले किसान नेता सहिद भीमदत्त पन्तको शालिक तोडफोडको भन्र्सना गर्दै संलग्न सबैलाई कानुनी कारवाही गर्न माग गरेका छन् । गणतन्त्र विरुद्ध प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले शुक्रबार भीम वाटिकामा प्रवेश गरी शालिक तोडफोड गरेका थिए ।

एमालेको राष्ट्रिय युवा संघ सहितका ८ जनवर्गीय संगठनले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै पन्तको शालिक तोडफोडलाई सहिदप्रति अपमान, गणतान्त्रिक शासन व्यवस्थाको सभ्यता विरुद्ध र मानवतामाथि लज्जास्पद घट्ना भएकोमा भत्र्सना गरेका छन् ।

ratnam malkhad

विज्ञप्तिमा अराजक गतिविधिलाई संरक्षण दिएर सरकार तमाशे बनेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालयले शुक्रबार तोडफोडमा संलग्न राप्रपाका १८ नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...