ghar sansar

मानव बेचबिखन विरुद्ध भीमदत्तका किशोरीहरुलाई कानुनी अनुशिक्षण

little buddha academy
khasi

महेन्द्रनगर । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि माईती नेपालले भीमदत्त नगरपालिकाका किशोरीहरुलाई कानुन सम्बन्धि अनुशिक्षण दिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. १४ र १८ का २६ जना किशोरीलाई कानुनी अनुशिक्षण दिइएको छ ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले किशोरीहरु मार्फत समुदाय स्तरसम्म मावन बेचबिखन विरुद्ध जनचेतना फैलाउन अनुशिक्षण दिइएको बताइन् ।

,orning glory badhai
dirghayi clinic

मानव वेचविखन हुन सक्ने स्थान, तौरतरीका, प्रयोजन तथा कारण तथा कानुनी उपचारको बारेमा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले सहजीकरण गरिन् ।

मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध एक दिने कानुनी अनुशिक्षण कार्यक्रम निकै प्रभावकारी रहेको कार्यक्रममा सहभागी किशोरीहरुले बताएका छन् । मानब बेचबिखन तथा ओसार पसार, कानुनी उपचारको बारेमा र माईती नेपालले मानव बेचबिखनका बिरुद्धमा गर्दै आएको प्रयासको बारेमा जानकारी पाएको कार्यक्रममा सहभागी सरिता चौधरीले बताइन् ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी आम किशोरीलाई सचेत पार्नु अपरिहार्य भएकाले अनुशिक्षण संचालन गरिएको बताईएको छ । बेचबिखन कसरी हुन्छ र बेचबिखन रोक्न के गर्नु पर्छ, आफु कसरी सचेत हुनु पर्छ, कानुनी उपचारको बारेमा कार्यक्रममा सिकाई भएको सहभागीहरुले बताए ।

माईती नेपाल कञ्चनपुरले पश्चिमी सीमा नाका सहित मुख्य जिल्लाका मुख्य नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरी जोखिमपुर्ण महिला तथा बालबालिको उद्धार, भारत लगायतका देशमा यौन एवं श्रम शोषणमा परेका महिला र बालबालिकाको उद्धार, आवाशीय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा, सीप मुलक तालिम, पारिवारिक पुनःमिलन लगायतका कार्य गर्र्दै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...