ghar sansar

भीमदत्त पन्तको ९८ औँ जन्म जयन्ति, तोडफोड गरिएको शालिकमा माल्यार्पण

Amity

महेन्द्रगर । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले सहिद भीमदत्त पन्तको ९८ औँ जन्म जयन्ति मनाइएको छ । सो अवसरमा आइतबार बिहान महाकाली अस्पताल र बेदकोट वृद्धाश्रममा फलफूल वितरण गरिएको छ ।

आइतबार विहान भीम वाटिका(स्थानीय पार्कं) मा रहेको भीमदत्त पन्तको क्षतिग्रस्त शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अपर्ण गरिएको छ । गणतन्त्र विरोधी प्रदर्शनका क्रममा शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले शालिक तोडफोड गरेका थिए ।

lotus institite

सहित पन्त आजका दिन बिक्रम सम्बत १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका हुन् । सुदूरपश्चिममा तत्कालिन व्यवस्था विरुद्ध उनले कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो“ भन्ने नाराका साथ जोताहा किसानहरूको पक्षमा क्रान्ति गरेका थिए ।

भारतको सहयोगमा तत्कालिन सरकारले उनलाई २०१० साउन १७ गते डोटीको बुडरमा हत्या गरेको थियो । उनको टाउकोलाई काटेर डडेल्धुरा खलंगाको टुडीखेलमा केही दिन झुण्ड्याइएको थियो ।

भीमदत्त पन्तको सम्मान गर्दै सरकारले २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । उनले किसान र गरीबहरुका लागि गरेको नुन आन्दोलन अहिलेसम्म चर्चामा छ ।

पन्तको सम्झनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सहिद प्रतिष्ठान, भीमदत्त नगरपालिका लगायतको सहयोगमा महेन्द्रनगरमा भीमदत्त बाटिका र शालिक निर्माण गरिएको छ । बेलौरीमा पनि पन्तको शालिक बनाइएको छ । तत्कालिन शासकले उनलाई पक्राउ गरी केही दिन बेलौरीमा राखेका थिए ।

Himal dental
सम्बन्धित
Loading...