ghar sansar

लालझाडीका इन्जिनियरमाथि हातपात, ठेकेदार भन्छन्– डेढ लाख कमिसन मागेपछि समान्य धकेलाधकेल भएको हो

khasi

महृेन्द्रनगर । लालझाडी गाउँपालिका ईन्जिनियर राम प्रशाद अवस्थीमाथि निर्माण व्यवसायीले हातपात गरेका छन् । लालझागीको कञ्ज गाउँमा निर्माणाधिन सडक कालोपत्रे निर्माणस्थलमा इन्जिनियर अवस्थीमाथि ठेकदार कम्पनी कन्दकला कस्ष्ट्रक्सन प्रालिका सञ्चालक भीम बहादुर रानाले हातपात गरेका हुन् ।

गाउँपालिकाले गत आर्थिक वर्षमा एक किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का दिएको थियो । सडक निर्माणका विषयलाई लिएर दुबै जना विवाद भएपछि हातपात गरिएको हो ।

dirghayi clinic

इन्जििनियर अवस्थीले भने आफूले सडक निर्माण गुणस्तर बनाउनु पर्ने बताएपछि कुटपिट गरिएको बताएका छन् । ‘मलाई आज दिउँसोतिर सडक निर्माण स्थलमै बोलाएर निर्माण व्यवसायी भीम रानाले कुटपिट गरेका हुन, ‘ईन्जिनियर अवस्थीले भने, ‘मैले सडक गुणस्तरको विषय उठान गर्दा कुटपिट गरिदियो ।’

ठेकेदार रानाले भने इन्जिनियर अवस्थीले आफूलाई सुरुदेखि दुःख दिँदै आएको र आफूसित डेढ लाख घुस मागेपछि धकेलाधकेल भएको बताए । ‘योजना शुरु हुँदाकै बखत ईन्जिनियर राम प्रशाद अवस्थीले म बाट डेढ लाख घुस माग्यो, मैले दिएन, त्यसपछि उनले मेरो काम र योजनामा जहिल्यै पनि दुःख दिन थाले’ उनले भने, ‘घुस नदिएका कारण फरफारक नगरेपछि समान्य य धकेलाधकेल भएको मात्रै हो ।’

लालझाडी गाउँपालिका कार्यालयका सूचना अधिकारी नरेश चौधरीले घट्नाबारे आफूलाई कुनै जानकारी नभएको
बताए ।

Himal dental
सम्बन्धित
Loading...