ghar sansar

इन्जिनियर कुटपिटपछि लालझाडी गाउँपालिका ठप्प

khasi

महेन्द्रनगर । लालझाडी गाउँपालिका ईन्जिनियर राम प्रशाद अवस्थीमाथि कुटपिट भएपछि गाउँपालिकाका कामकाज ठप्प हुने भएका छन् । सोमबार दिउँसो ठेकेदार भीम बहादुर रानाले सडक अनुगमनका क्रममा इन्जिनियर अवस्थीलाई कुटपिट गरेपछि गाउँपालिका कर्मचारी शान्ति सुरक्षाको कारण देखाउँदै कामकाज ठप्प पारेका छन् ।

कर्मचारीहरुले कुटपिटमा संलग्न ठेकेदारलाई कारवाही र सुरक्षा ग्यारेन्टी नभएसम्म कार्यालय र मातहत सबै वडा कार्यालयमा कामकाज ठप्प पार्ने घोषणा गरेका हुन् ।

लालझाडी गाउँपालिका २ कञ्ज बजारस्थित सडक कालोपत्रे निर्माण अनुगमनका क्रममा सोमबार दिउँसो इन्जिनियर अवस्थीमाथि राना सहितको समूहले कुटपिट गरेको थियो ।

dirghayi clinic

गाउँपालिकाले गत आर्थिक वर्षमा एक किलोमिटर सडक कालोपत्रेका लागि रानाकलाई ठेक्का दिइएको थियो । सडक निर्माणको गुणस्तरलाई लिएर दुबै जनाबीच विवाद भएपछि कुटपिटसम्म पुगेको हो ।

इििन्जनियर अवस्थीले भने आफूले सडक निर्माण गुणस्तर बनाउनु पर्ने बताएपछि कुटपिट गरिएको बताएका छन् । ‘मलाई आज दिउँसोतिर सडक निर्माण स्थलमै बोलाएर निर्माण व्यवसायी भीम रानाले कुटपिट गरेका हुन, ‘ईन्जिनियर अवस्थीले भने, ‘मैले सडक गुणस्तरको विषय उठान गर्दा कुटपिट गरिदियो ।’

ठेकेदार रानाले भने इन्जिनियर अवस्थीले आफूलाई सुरुदेखि दुःख दिँदै आएको र आफूसित डेढ लाख घुस मागेपछि धकेलाधकेल भएको बताए ।

‘योजना शुरु हुँदाकै बखत ईन्जिनियर राम प्रशाद अवस्थीले म बाट डेढ लाख घुस माग्यो, मैले दिएन, त्यसपछि उनले मेरो काम र योजनामा जहिल्यै पनि दुःख दिन थाले’ उनले भने, ‘घुस नदिएका कारण फरफारक नगरेपछि समान्य य धकेलाधकेल भएको मात्रै हो ।’

Himal dental
सम्बन्धित
Loading...