ghar sansar

वसपार्कमा कुटपिट गरी लुटपाट गरिएका जनकपुरका शाहको प्रहरी कार्यालय बाहिर रोइकराई

महेन्द्रनगर । धनुषाको जनकपुर उप महानगरपालिका २ मुख्य बडी मुसर्नियाका गणेश सहनी सोमबार राति ८ बजे महेन्द्रनगर वसापर्क पुगे । पहिलो पटक कामको खोजीको आएका उनी वसपार्कमा लुटपाटमा परे । तीन जनाले उनलाई कुटपिट गरी लुटपाट गरे । त्यसपछि भोकभोकै रात वसपार्कमा बिताए ।

मंगलबार वसपार्कका एक व्यवसायीले अलि खान दिएका उनी दुई दिनदेखि सहयोग खोज्दै बुधबार प्रहरी कार्यालय पुगेका छन् । बुधबार विहान दुई पटक जिल्ला प्रहरी कार्यालय पुगेका उनलाई उजुरी लिएर आउन भन्दै बाहिर पठाईएको छ । प्रहरीले बाहिर पठाएका उनी कार्यालय बाहिर रोइ कराई गरि रहेका छन् ।

‘दुई पटकसम्म भित्र गए, उजुरी लिएर आउन भनेर बाहिर पठाई दियो, अब म के गरु, कोलाई कसरी लेखाउ’ उनले भने,‘म यताको लागि नयाँ हो, मलाई केही नि थाह छैन’ जिल्ला प्रहरी कार्यालय बाहिर रुँदै उनले भने ।

शाहको नाक र मुखमा चोट लागेको छ । उनको मुखमा निलडाम बसेका छन् । तीन जनाले समातेर कुटपिट गरेपछि नगद एक हजार पाँच सहित मोबाइल फोन र झोला लिएर गएको बताए । ‘तीन जनाले च्याप्प समाते, मलाई कुटपिट गरे, त्यसपछि मसित भएको पैसा सर समान सबै लिएर गए’ उनले भने ।

राति अँध्यारो भएकाले उनीहरुको अनुहार आफूले चिन्न नसकेको उनको भनाई छ । तीन जनासित प्रतिकार गरे पनि आफूले नसकेको उनको भनाई छ । 

शाह टेक्सटाइलको काम खोजीका लागि आएका हुन् । महेन्द्रनगरमा टेक्सटाइलको काम पाइने भएको थाह पाएकाले आएको उनी बताउँछन् ।

प्रहरी कार्यालयले उजुरी लिएर आउन भनेर बाहिर पठाएपछि उनी आफू रुन बाहेक अरु विकल्प नभएको बताउँछन् । ‘मेरो यहाँ कोही नि छैन, सहयोग पाउँछु भनेर प्रहरी कार्यालय गए, त्यहाँबाट पनि बाहिर पठाई दिएपछि अब म के गरु, खान नि खाएको छैन, मसित केही पनि छैन, रुन बाहेक अरु केही नि छैन ।’

Himal dental
सम्बन्धित
Loading...