ghar sansar

ब्राउन सुगर सहित बेदकोट र भीमदत्तका तीन युवक पक्राउ

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ सालघारीबाट लागु औषध सहित तीन जना पक्राउ परेका छन् । सालघारीस्थित लिला चन्दको घरमा डेरा गरी बस्दै आएका बेदकोट नगरपालिकाका दुई सहित तीन जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई १ दशमलव ४९ ग्राम लागु औषध खैरो हिरोईन सहित पक्रा गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका १ का सुनिल डगौरा,सोही ठाउँका सुनिल डगौरा र भीमदत्त नगरपालिका १९ का अनिल डगौरा छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डाँगीले शंकास्पद रुपमा जाँच गर्दा उनीहरुसित हिरोइन भेटिएको बताए । प्रहरी हिरासतमा राखेर उनीहरुमाथि अनुसन्धान थालिएको छ ।

Himal dental
सम्बन्धित
Loading...