ghar sansar

लालझाडी इन्जिनियर कुटपिट प्रकरण : दुबैले दिए एक अर्का विरुद्ध उजुरी

little buddha academy
khasi

महेन्द्रनगर । लालझाडीका इन्जिनियर कुटपिट प्रकरणमा इन्जिनियर र ठेकदार दुबैले एक अर्का विरुद्ध उजुरी दिएका छन् । इन्जिनियर अवस्थीले प्रहरीमा ठेकेदार विरुद्ध अभद्र व्यवहारमा उजुुरी दिएका छन् । बुधबार ठेकेदार रानाले अवस्थी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

अवस्थीले मंगलबार राना विरुद्ध उजुरी दिएको एक दिनपछि उनले बुधबार अवस्थीमाथ विभिन्न योजनामा आर्थिक अनियमितता गरेको आरोप लगाउँदै उजुरी दिएका छन् ।

,orning glory badhai
dirghayi clinic

इन्जिनियर अवस्थीले प्रहरीमा उजुरी दिएको एक दिनपछि उनले इन्जिनियर अवस्थी सहितको मिलेमतोमा आर्थिक अनियमितता गरिएका योजानको नाम सहित अख्तियार दुरुपयोग अनुसन्धनन आयोगको कार्यालय महेन्द्रनगरमा बुधबार उजुरी दिएका छन् ।

कन्दकला कस्ट्रक्सन एण्ड सप्लायर्शका सञ्चालक राना सहितले सोमबार इन्जिनियर अवस्थीमाथि सडक निर्माण स्थलमा कुटपिट गरेका थिए । अवस्थीले मंगलबार राना सहित चार जज प्रभावित भएको छ । स्थानीयले समेत ठेकेदार र ईन्जिनियर दुवैमाथि कुटपिट कमिसनलेनदेन प्रकरणबारे सत्यतथ्य छानबिन गर्नुपर्ने माग अघि सारेका छन् ।

मंगलबार लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रसाद अवस्थीमाथि कुटपिटमा संलग्न ठेकेदार सहित चार जना विरुद्ध प्रहरीमा उजुरी परेको छ । सोमबार कुटपिट गरिएका ईन्जिनियर अवस्थीले ठेकेदार भीम राना सहितका चार जना विरुद्ध अभद्र व्यवहारमा प्रहरीमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अवस्थीको उजुरीमाथि ईलाका प्रहरी कार्यालय बेलौरीले अनुसन्धान अघि बढाउने भएको छ । कन्दकला कन्स्ट्रक्सनले गत आर्थिक वर्षमा लिएको सडक निर्माणको ठेक्का साइट निरीक्षणका क्रममा इन्जिनियर अवस्थीमाथि कुटपिट गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...