ghar sansar

बेदकोट र भीमदत्तमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत गरिए विभिन्न कार्यक्रम

Amity

महेन्द्रनगर । द्वन्द पीडित तथा एकल महिला विकास केन्द्रले “लैङ्गिक हिंसा अन्त्यको सुुनिश्चितता,महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा विभिन्न कार्यक्रम गरेको छ ।

संस्थाले मिजरियर जार्मनीको आर्थीक सहयोगमा र नागरिक आवाज धापाखेल ललितपुुरसंगको साझेदारीमा बेदकोट र भीमदत्त नगरपालिकाका १,९,११,१३ र १८ नम्बर वडामा सञ्चालित “शान्तिका लागि स्थानीय क्षमता कार्यक्रम” अन्तर्गत कार्यक्रम गरिएको संस्थाका अध्यक्ष सीता बोहराले जानकारी दिइन् ।

lotus institite

कार्यक्रममा बेदकोट नगरपालिका ३ का रेवती सार्की र ९ का जानकी बिष्टलाइ जीविकोपार्जन सहयोग स्वरुप एक÷एक बाख्रा सहयोग गरिएको छ ।

त्यसैगरी नागरिक आवाजको आर्थिक सहयोगमा भीमदत्त नगरपालिका र दोधारा चाँंदनी नगरपालिकामा सञ्चालनमा रहेको “सामुुदायिक सुुरक्षाजालो कार्यक्रम अन्तर्गत” भीमदत्त नगरपालिका वडा न.६ र ९ मा मनोसामाजिक सुुस्वास्थ्य र स्वहेरचाह सम्बन्धि जनचेतनामुुलक कार्यक्रम गरिएको छ ।

यसैगरी मंसिर १२ गते मनोशिक्षा अन्तर्गत डिप्रेसन सम्बन्धि अभिमुुखीकरण कार्यक्रम भीमदत्त नगरपालिका वडा नं. १८ मा सम्पन्न गरएको छ भने भीनपा ४ मा एकल महिला पार्वती भट्टलाइ जीविकोपार्जन सहयोग स्वरुप सिलाई मेसिन सहयोग गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...