ghar sansar

महेन्द्रनगर बजारमा ढलसित जोडिएका सेप्टी टयाङ्कीका पाइप काटिए

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारका गल्ली पछाडिको निर्माणाधिन ढलसित जोडिएका सेप्टी टयाङ्कीका पाइप पाइप काटिदिएको छ ।

एसियाली विकास बैंकको सहयोगमा भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजारमा निर्माणाधिन ढलमा केही व्यक्तिहरुले नाली तोडेर सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए । ढलमा पाइप जोडिएको तस्बिरहरु सामाजिक सञ्वजालमा भाईरल गरी मेयर पदम बोगटीको चर्को आलोचना गरिएको थियो ।

Anant bahu travels
dirghayi clinic

नगरपालिकाले मेयर बोगटीको आलोचनापछि बिहीबरा सेप्टी ट्याङकीको पानी ढलमा मिसाउनेहरुका पाइप काटेको हो । भीमदत्त नगरपालिका १८ स्थित महेन्द्रनगर बजारका गल्लि नम्बर २, ३ का पछाडीको ढलमा केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएको जानकारी पाउने वित्तिकै नगरपालिकाले ती पाइप काटेको नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

‘केही व्यक्तिहरुले आफ्नो सेप्टी ट्याङकीको पानी ढलमा हालेको कुरा हामीले जानकारी पाउने वित्तिकै ती पाइप काटेका छौँ ।’ उनले भने ‘अन्य गल्लिमा समेत नालि तोडेर ढलमा सेप्टी ट्याङकीको ढल मिसाएको कुराहरु आएका छन् ।’ उलने अगाडी भने ‘अन्य ठाउँमा पनि अनुगमन गरि सेप्टी ट्याङकीको पानी ढलमा हालेको भेटिएमा त्यस्ता पाइप काटेर जफत गरिनेछ ।’

उनकाअनुसार नगरपालिकाले पटक–पटक उक्त कार्य नगर्न सूचना प्रकाशन र माइकिङ गर्दागर्दै पनि केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएपछि विहिवार नगरपालिकाले ती व्यक्तिका ढलमा मिसाएका सेप्टी ट्याङकीका पाइप काटेर जफत गरेको छ । पुनः त्यस्तै कार्य गरेको पाइएमा कानुनी कारर्वाही समेत गरिनेछ ।

Himal dental
सम्बन्धित
Loading...