ghar sansar

एड्सले ज्यान गुमाउने दिवंगतको सम्झनामा दिप प्रज्वलन

dirghayu ad

महेन्द्रनगर । एचआईभीबाट दिवंगत भएकाहरुको सम्झनामा माईती नेपाल कञ्चनपुरले दिप प्रज्वलन गरेको छ् । कञ्चनपुरको महेन्द्रनगर चोकमा एचआइभीबाट दिवंगत भएकाहरुको सम्झनामा माईती नेपाल कञ्चनपुरले दिप प्रज्वलन गरेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

डिसेम्बर १ अर्थात विश्व एड्स दिवस, कञ्चनपुरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाईने गरिन्छन् । एड्स दिवसको पुर्वसन्ध्यामा माईती नेपाल कञ्चनपुरले सदाझैं यो वर्ष पनि कञ्चनपुरको महेन्द्रनगर चोकमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् ।

ratnam malkhad

एड्सका कारण दिवंगत भएकाप्रति श्रद्धाञ्जली अभिव्यक्ति गर्न र एचआईभी संक्रमण विरुद्ध जनचेतना सृजना गर्न माईती नेपालले एड्स दिवसको पूर्व सन्ध्यामा दिप प्रज्वजलन गरेको माईती नेपाल कञ्चनपुरले जनाएको छ । कार्यक्रममा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, माईती नेपालका कर्मचारी, अधिकारकर्मी, नेपाल प्रहरी लगाय सहभागी भएका छन् ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विश्व एड्स दिवसलाई महत्वपूर्ण दिनको रुपमा लिने गरिन्छ । माईती नेपालको सन्दर्भमा मानव बेचबिखिनबाट प्रभावित भएका र एचआइभी संक्रमणका कारण एड्स भई दिवंगत भएका चेलीहरु प्रति श्रद्धासुमन अर्पण गर्ने दिनको रुपमा यस दिवसलाई बुझ्ने गरिन्छ् ।

एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रममा बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो ।

Himal dental
सम्बन्धित
Loading...